बाजुरा- बाजुरामा अविरल वर्षापछि आएको खोलामा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्। जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नी खोलामा आएको बाढीले बगाउँदा स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा सोमबार बिहानदेखि बेपत्ता भएका हुन्।
यस्तै बूढीनन्दा नगरपालिका–३ सिराडीको लौठीरुखकी ३६ वर्षीय मोतीकला ल्वार पनि बेपत्ता छिन्। उनी पनि सोमबार बिहानदेखि बेपत्ता भएकी हुन्।
गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा उनलाई बगाएको थियो।
बेपत्ताहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।