शुक्रबार, वैशाख ७, २०८१

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

विराटनगर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ।

triton college

बीपीको बेथिति अन्त्यको लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले प्रतिष्ठानलाई एक साताको अल्टिमेटम दिएसँगै प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो।

अनुसन्धानमा खटिएका एक अधिकारीले प्रतिष्ठानमा भइरहेको अनियमितताको विभिन्न विषयमा उजुरी परेकाले अनुसन्धान र अनुगमन गरेको जानकारी दिए। प्रतिष्ठानसँग सम्बन्धित धेरै विषयमा छानबिन भइरहेकोले अनुसन्धानको क्रममा प्रतिष्ठान गएको उनले बताए।

पछिल्लो समय प्रतिष्ठानमा भएका अनियमितताका सन्दर्भमा नागरिक दबाब सञ्जालले जेठ २४ गते प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई भेटेर प्रतिष्ठान सुधारको लागि एक साताको अल्टिमेटम दिँदै ध्यानाकर्षण पत्र बुझाएको थियो। अल्टिमेटमको समय सोमबार सकिँदै छ।

आयोगको प्रादेशिक कार्यालय इटहरीका निमित्त प्रमुख पुरुषोत्तम ढकाल नेतृत्वको टोलीले प्रतिष्ठानका विभिन्न विभागका पदाधिकारीहरूसँग सोधपुछसमेत गरेको बताइएको छ।

corrent noodles
Metro Mart

आयोगको टोलीले शिक्षाध्यक्ष डा. गुरु खनालसँग भेट गरी लेखा शाखा, खरिद शाखा तथा मूल्याङ्कन शाखाबाट केही महत्वपूर्ण विषयमा विभागका कर्मचारीहरूलाई सोधपुछ गरेको थियो।

प्रकाशित: Jun 14, 2021| 08:55 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।