शनिबार, वैशाख ८, २०८१

केही खुकुलो पार्दै कैलालीमा जारी निषेध आदेश निरन्तर

केही खुकुलो पार्दै कैलालीमा जारी निषेध आदेश एक साताका लागि निरन्तरता दिइएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

धनगढी– केही खुकुलो पार्दै कैलालीमा जारी निषेध आदेश एक साताका लागि निरन्तरता दिइएको छ।

triton college

पछिल्लो समय थपिएको निषेध आदेश सोमवार रातिबाट सकिँदैछ। कैलाली प्रशासनले वैशाख १६ गतेदेखि जिल्लामा लागु गरेको निषेध आदेशलाई निरन्तरता दिँदै आएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञ प्रसाद रिजालले सोमबार जारी गरेको आदेशमा कैलालीमा निषेध आदेशले कोभिड–१९ संक्रमण दरमा कमी आएको र मृत्यु दर पनि घटेकाले केही खुकुलो पार्दै असार ७ गतेसम्म निरन्ता दिइएको उल्लेख गरिएको छ। 

असार १ गतेदेखि लागु हुने निषेध आदेशमा तरकारी, फलफूल, खाद्यान्न, दुध डेरी, मासु, खानेपानी, ग्यास र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) साताभर नै बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइने निषेध आदेशमा भनिएको छ ।

सबै बैंक तथा वित्तीय संस्थाहरु बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म स्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ भने वर्कशपहरु बढीमा ३ जना कामदार राखेर बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने निषेध आदेशमा उल्लेख छ । होटल तथा रेस्टुरेन्ट भने होम डेलिभरी तथा टेक अवे सेवा दिने गरी बिहान ८ देखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 14, 2021| 08:51 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।