शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना खोप माग्दै रेष्टुरेन्ट व्यवसायीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

कोरोना खोप माग्दै रेष्टुरेन्ट व्यवसायीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापन पत्र बुझाएकाछन्।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

काठमाडौं- रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङलाई ज्ञापन पत्र बुझाएकाछन्। लकडाउनले आर्थिक मारमा परेको रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा दोहोरो मार परेको भन्दै व्यवसायीले स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। 

triton college

‘कोरोनाले रेष्टुरेण्ट व्यवसाय तथा यसमा आवद्ध श्रमीकहरू विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको जानकारी गराउँदै उनीहरूको हक हित र सुरक्षाका लागि सम्पूर्ण श्रमजीविलाई यथाशिघ्र प्राथमिकतामा राखेर कोभिड खोप उपलब्ध गराउन माग गर्दछौं,’ ज्ञापनपत्रमा लेखिएको छ।

स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै द बर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेन समूहका संस्थापक वसन्त लामाले भने, ‘गत वर्षदेखि नै हामी निषेध आदेशको मार खेपिरहेका छौं। त्यसमाथि हाम्रा श्रमजीविले समयमै खोप नपाउँदा हाम्रो व्यवसाय र लाखौं मानिसको जीवन असुरक्षित भएको छ।’

श्रमजीविले समयमा खोप नपाउँदा व्यवसायसँगै मजदुर र करोडौं उपभोत्ताको जीवन जोखिममा परेको व्यवसायी पासाङ्ग घिसिङ्गले सुनाए।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री तामाङले अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिने बताए। उनले भने, ‘पहिलो चरणमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर समूह र फ्रन्ट लाइनरलाई खोप लगायौं। अबको चरणमा रेष्टुरेण्ट र पर्यटन क्षेत्रका मजदुरलाई विशेष प्राथमिकतामा राखिनेछ।’ होटल तथा रेष्टुरेण्टबाट ६ लाख भन्दा धेरै मानिसले प्रत्यक्ष रोजगारी पाएकाछन्।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 14, 2021| 05:59 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।