विश्वकप फुटवलअन्तर्गत समुह 'सी'को दोस्रो खेलमा खेलमा पेरु डेनमार्कसंग पराजित भएको छ । पेनाल्टि समेत मिस गरेपछि पेरु डेनमार्कसंग १-० गोल अन्तरले पराजित भएको हो ।
तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरेपनि पेरुका कुनैपनि खेलाडीले गोलपोष्टमा बल छिराउन सकेनन् । कतिसम्म भने खेलको ४५ औँ मिनेटमा पाएको पेनाल्टिमा समेत पेरु चुक्यो ।
पेरुको गोल गर्ने कमजोर क्षमताको फाइदा उठाउँदै डेनमार्कका लागि युसुफ पउलसेनले खेलको ५९ औँ मिनेटमा गोल गरे । यो गोल नै खेलको एकमात्र गोल हो भने डेनमार्कलाई जिताउन प्रयाप्त बन्यो ।
जितसंगै डेनमार्क ३ अंक जोड्न सफल भएको छ। समुह 'सी' मा रहेकाे पेरुले अर्को खेल फ्रान्सविरुद्ध र डेनमार्कले अर्को खेल अष्ट्रेलियाविरुद्ध आगामी बिहीबार खेल्ने तालिका छ।
शनिबार भएको पहिलो खेलमा फ्रान्स २१ले अष्ट्रेलियासँग विजयी भएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनाले आइसल्यान्डसँग एक एक गोलको बराबरी खेलेर अंक बाँडेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४