बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नुनमा दुगडको अर्को चलखेल, सत्ता र शक्तिको दुरुपयोग गर्दै संकलित नमुना नै गायब!

नुनमा दुगडको अर्को चलखेल, सत्ता र शक्तिको दुरुपयोग गर्दै संकलित नमुना नै गायब!

‘उजुरी परेपछि विराटनगर कार्यालयलाई पत्राचार गरी प्याकिङको अनुमति लिए/नलिएको बारे उद्योग निरीक्षण गर्न निर्देशन दिएका थियौं’, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले भने, ‘प्रयोगशाला परीक्षणका लागि नमुना ल्याएको त मलाई याद छैन। अलि पुरानो केस भयो नि त यो।’
 |  सोमबार, जेठ ३१, २०७८

प्रेम चन्द

प्रेम चन्द

सोमबार, जेठ ३१, २०७८

काठमाडौं– उद्योगपति मोतीलाल दुगडले सत्ता र शक्तिको दुरुपयोग गर्दै आफ्नो कम्पनीले उत्पादन गर्दै आएको नुनको संकलित नमुना नै गायब पारेका छन्। दुगडको उद्योगमार्फत अवैध रूपमा कारोबार भइरहेको नुनको गुणस्तरमा उजुरी परेपछि १४ भदौ २०७७ मा प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएकाे थियो।

triton college

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार रहेका दुगड त्यति बेला उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए। राज्यमन्त्री पदमा रहेका बेला उनले प्रयोगशाला परीक्षणका लागि संकलित नुनको नमुना परीक्षण प्रतिवेदन सार्वजनिक नगर्न दबाब दिएको खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक उच्च अधिकारीले जानकारी दिए।

दुगडको विराटनगरस्थित दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालिले कानुनविपरीत नुन कारोबार गरिरहेको भन्दै उजुरी परेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको हनुमानस्थानमा रहेको भाटभटेनी सुपर मार्केटबाट नुनको नमुना सार्वजनिक गरिए पनि रिपोर्ट अझै सार्वजनिक गरिएको छैन। 

उक्त उद्योगले नुनको अवैध कारोबार गरिरहेको आशंकामा राष्ट्रिय उपभोक्ता मञ्चले २०७७ भदौ ११ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी दिएको थियो। सोही उजुरीअनुसार विभागले अनुगमन गर्दा टेबल साल्ट बिक्रीमा राखिएको पाइएको विभागका अधिकारी बताउँछन्। उनीहरुका अनुसार परीक्षण नै नगरी संकलित नमुना गायब पारिएको हो।

विभागले ‘१४ भदौ २०७७ मा भाटभटेनी सुपर मार्केटको अनुगमन गरिएको र टेबल साल्ट बिक्रीमा रहेको पाइएकाले नमुना संकलन गरी प्रयोगशालामा पठाइएको’ जानकारी दिएको थियो।

corrent noodles
Metro Mart

विभागका महानिर्देशक उपेन्द्र रायले दुगडको नुनका सम्बन्धमा विभागमा उजुरी परेपछि अनुगमन गरिएको स्वीकार गर्दै प्रयोगशाला परीक्षणका लागि भने नमुना नल्याएको दाबी गरे। ‘उजुरी परेपछि विराटनगर कार्यालयलाई पत्राचार गरी प्याकिङको अनुमति लिए/नलिएको बारे उद्योग निरीक्षण गर्न निर्देशन दिएका थियौं’, महानिर्देशक रायले भने, ‘प्रयोगशाला परीक्षणका लागि नमुना ल्याएको त मलाई याद छैन। अलि पुरानो केस भयो नि त यो।’

उजुरीकर्ता राष्ट्रिय उपभोक्ता मञ्चलाई दुगडको नुन सम्बन्धमा भएको कारबाहीबारे गराइएको प्रारम्भिक जानकारीमा नमुना संकलन गरेर ल्याएको र परीक्षणका क्रममा रहेको उल्लेख छ। मञ्चलाई २०७७ असोज १२ मा गराइएको जानकारीमा भदौ ११ मा उजुरी प्राप्त भएको उल्लेख छ। विभागले ‘१४ भदौ २०७७ मा भाटभटेनी सुपर मार्केटको अनुगमन गरिएको र टेबल साल्ट बिक्रीमा रहेको पाइएकाले नमुना संकलन गरी प्रयोगशालामा पठाइएको’ जानकारी दिएको थियो।

विभागका महानिर्देशक राय र प्रवक्ता मोहनकृष्ण महर्जनको उपस्थितिमा कारबाही सम्बन्धमा जानकारी उपलब्ध गराएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्। उनी भन्छन्, ‘अहिले संक्षिप्त जानकारी मात्रै उपलब्ध गराउन सकिन्छ भन्दै मलाई छोटो पत्र उपलब्ध गराउनुभएको हो’ प्रयोगशाला रिपोर्ट आएपछि बाँकी जानकारी लिखित रुपमै उपलब्ध गराउने बाचा महानिर्देशक उपेन्द्र रायले गराउनुभएको हो। मोहनकृष्ण पनि साथमै हुनुहुन्थ्यो।’ 

विभागका प्रवक्तासमेत रहेका वरिष्ठ अधिकृत महर्जनले पनि नुनको रिपोर्टका बारेमा आफूलाई जानकारी नभएको बताए। ‘अनुगमन गरेजस्तो लाग्छ। डेप्थमा मलाई जानकारी भएन’, प्रवक्ता महर्जनले भने, ‘महानिर्देशकज्यूलाई नै सोध्नुस्।’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भने मिलेमतोमा नुनको रिपोर्ट लुकाइएको बताउँछन्। ‘सबैको साँठगाँठ देखिन्छ’ उनी भन्छन्, ‘अब त प्रयोगशालामै नल्याइएको बताउन सक्छन्।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरुले मौखिक रुपमा नुनको नमुना संकलन गरेर नल्याएको दाबी गरे पनि उजुरीकर्तालाई उपलब्ध गराएको जानकारी पत्रमा नुमना संकलन गरेर ल्याएको र रिपोर्ट आउन बाँकी रहेको उल्लेख छ।उजुरीकर्तालाई आफ्नो उजुरीका सम्बन्धमा प्रारम्भिक जानकारी गराइएको महानिर्देशक रायले पनि स्वीकार गरेका छन्।

२०७७ भदौ १४ मा विभागको विराटनगर कार्यालयलाई अनुमति लिए/नलिएको बारेमा निरीक्षण गर्न निर्देशन दिइएको पनि राय स्वीकार्छन्। त्यसपछि विराटनगर कार्यालयले अनुगमन गरेको जानकारी भदौ १७ मा विभागमा गराइएको थियो। विराटनगर कार्यालयले विभागमा १७ भदौमा गराएको जानकारीअनुसार उक्त उद्योगले टेबल साल्ट प्याकिङका लागि अनुमति नलिएको पाइएको थियो।

पछिल्लो समय उनै दुगडको प्रभावमा परेर सरकारले निजी क्षेत्रका लागि पनि नुनको कारोबार खुला गरेको छ। आगामी आर्थिक वर्ष २०७८/०७९को बजेटमार्फत सरकारले आयोडिन नुन कारोबारमा निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ।

सोही अनुगमनमा नुन प्याकिङका लागि राखेका करिब तीन हजार पिस खाली बट्टा पाइएका थिए। तर, विराटनगरमा नुनचाहिँ नपाइएको कार्यालयले विभागलाई जानकारी गराएको थियो। विराटनगर कार्यालयले नुन नपाइएको जानकारी गराए पनि त्यसअघि नै अनामनगर भाटभटेनीबाट नमुना संकलन गरेर ल्याबमा पठाएको विभागले उजुरीकर्तासामु स्वीकार गरिसकेकाले पछिल्लो समय नमुना नै गायब पारेको उजुरीकर्ता प्रेमलाल महर्जनको आरोप छ।

विराटनरगमा उक्त उद्योगले ‘मसलाजन्य वस्तु उत्पादन गर्ने हुँदा नुनको प्रयोग गर्ने जानकारी पाइएको र कोभिडका कारण हाललाई उत्पादन नगरेको जवाफ पाइएको’ विराटनगर कार्यालयले विभागलाई जानकारी गराएको थियो। विभागले उजुरीकर्तालाई ‘प्रयोगशालाबाट संकलित टेबल साल्टको नमुनाको विश्लेषण प्रतिवेदन आउन बाँकी रहेको’ जानकारी गराएको छ।

पछिल्लो समय उनै दुगडको प्रभावमा परेर सरकारले निजी क्षेत्रका लागि पनि नुनको कारोबार खुला गरेको छ। आगामी आर्थिक वर्ष २०७८/०७९को बजेटमार्फत सरकारले आयोडिन नुन कारोबारमा निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ।

याे पनि - व्यापारी दुगडलाई पोस्न प्रधानमन्त्रीकै निर्देशनमा नुनमा नीतिगत भ्रष्टाचार!

सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले सुलभ मूल्यमा गुणस्तरीय नुन उपलब्ध गराइरहेका बेला एकाएक निजी क्षेत्रका लागि समेत खुला गरेपछि त्यसको विरोध भइरहेको छ। यसअघि २०७३ चैत २१ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले निकासी पैठारी ऐन २०१३ अनुसार मुलुकभरि साल्ट ट्रेडिङ कर्पोरेसनले मात्रै नुन आपूर्ति गर्ने व्यवस्थालाई निरन्तरता दिइएको थियो। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वित ६ दशकदेखि नेपालमा नुनको आपूर्ति गर्दै आएको छ। 

उनी राज्यमन्त्री भएका बेला नुनको कारोबार खुला गर्न उनले गरेको पटकपटकको प्रयास असफल भएको थियो।  उनी २०७६ मंसिर ५ मा राज्यमन्त्रीमा नियुक्त भएका थिए। १० पुस २०७७ मा उनलाई ओलीले राज्यमन्त्री पदबाट हटाएका थिए भने सोही वर्ष माघ ४ गते विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए। 

प्रकाशित: Jun 14, 2021| 02:58 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।