बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ सरकारलाई ६२ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

युएनडीपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ। ६० मध्ये १० लिटर क्षमताका ३० वटा र ५ लिटर क्षमताका ३० वटा कन्सन्ट्रेटर रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

विराटनगर- प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। संयुक्त राष्ट्रसंघीय विकास परियोजना (युएनडीपी) र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआईडी)को सुआहारा परियोजनाले ६२ लाख ५० हजार बराबरका स्वास्थ्य सामग्री सामाजिक विकासमन्त्री उषाकला राईलाई आइतबार हस्तान्तरण गरेका हुन्। 

triton college

युएनडीपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ। ६० मध्ये १० लिटर क्षमताका ३० वटा र ५ लिटर क्षमताका ३० वटा कन्सन्ट्रेटर रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए। 

यस्तै युएसएआईडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्यान्ड सेनिटाइजर ५ सय लिटरको ५० थान र के-९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताए। 

स्वास्थ्य सामग्री बुझ्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताइन्। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतमलगायतको सहभागिता रहेको थियो।

प्रकाशित: Jun 13, 2021| 12:40 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्