मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई एमालेको १९ बुँदे मागपत्र

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई एमालेको १९ बुँदे मागपत्र

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बजेटका विषयमा मागपत्र बुझाएको छ। 
 |  आइतबार, जेठ ३०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३०, २०७८

काठमाडौं– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बजेटका विषयमा मागपत्र बुझाएको छ। 

triton college

एमाले संसदीय दलका नेता यमलाल कँडेलको टोलीले १९ बुँदे मागपत्र पेस गरेको मुख्यमन्त्रीको शाहीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाही र कँडेलबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफलसमेत भएको छ। 

छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेता कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न भन्दै मागपत्र बुझाएका हुन्। सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए।

तर, एमालेकै चार जना सांसदहरुले विश्वासको मत दिएर शाहीको सरकार जोगाइदिएका हुन्। पछि एमालेले चार जनालाई कारबाही गरेको थियो। सर्वोच्च अदालतले पुनः उनीहरुलाई पुनर्वहालीको आदेश गरिसकेको छ।

प्रकाशित: Jun 13, 2021| 08:05 आइतबार, जेठ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।