काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले पार्टी मिल्नासाथ कर्णाली प्रदेशमा नेकपा एमालेको एकल सरकार बन्ने बताएका छन्।
‘कर्णालीमा हेर्दाहेर्दै नेकपा (एमाले) को हातबाट फुत्किएको राजनीतिलाई ४ सांसदको पुनर्वहालीसँगै अदालतले फेरि एमालेकै हातमा फर्काइदिएको छ,’ उनले लेखेका छन्,‘३९ सदस्यीय प्रदेशसभामा एमालेको स्पष्ट बहुमत अर्थात् २० सिट छ। पार्टी मिल्नासाथ तुरुन्तै एकल सरकार बनिहाल्छ।’
उनले सबैलाई एकपटक लडेपछि धूलो टक्टकाएर उठ्ने मौका मिलेको बताएका छन्। ‘मन माझौँ, पार्टी मिलाऔँ, जनादेशको सम्मान गरौँ,’ उनले भनेका छन्।