बिहीबार, वैशाख १३, २०८१

कथामा मधेसका भुइँमान्छेका दुःख

मधेसभित्र अभावको जनजीवन बाँचिरहेका दलित, श्रमिक र सीमान्तकृत समुदाय उनका कथाको मूल विषय बन्छन्। साहुबाट प्रताडित मजदुर र गरिबको कथा हाल्छन् उनी।
 |  शनिबार, जेठ २९, २०७८

राज सरगम

राज सरगम

शनिबार, जेठ २९, २०७८

दुई देशबीचको नाकाबन्दीभन्दा नि ठूलो नाकाबन्दी नेपालभित्र खस नेपाली र मधेसी नेपाली बीच छ।

triton college

काठमाडाैं- पथेर अर्थात् इँट्टा बनाउने कालीगढ। यिनका दुःख कमैले देख्छन् र लेख्ने त असाध्यै कम होलान्। यस्तै भुइँमान्छेका कथा लेखेका छन् कथाकार श्याम साहले। कोरोना कहरका बीचमा उनले मजदुर तथा भुइँमान्छेका कथा ल्याएका छन् ‘पथेर’ मार्फत। निजामती सेवामा कार्यरत साहलाई आफ्नै समुदायको परिवेश लेख्न किन रुचि जाग्यो त? उनी भन्छन्, ‘यो त लेखकको दायित्व हो नि। समाज आफैंमा एउटा पाठशाला हो। त्यसैले समाजले नै प्रेरित गरिरहेको हुन्छ लेख्न।’ 

लेखक पनि समाजभन्दा पर पक्कै हुँदैन। समाज र समुदायमा हुर्किएका हरेक मानिस हरेक तबरले समाज र ऊ बसेको परिवेशसँग अन्तरनिहित हुन्छ। तसर्थ आफू बसेको समाजका लागि के गर्न सकिन्छ। यो हरेक मानिसभित्र आउने प्रश्न हो। सँगै एउटा लेखक हुनु भनेको सचेत नागरिक हुनु पनि हो। मुख्य कुरा अहिलेको समयमा केलाई सचेत मान्ने त? उनी भन्छन्, ‘सचेत नागरिक हुनु भनेको समाजको यथार्थ चिन्नु हो। जुन पत्रपत्रमा हुन्छन्। सचेत नागरिकले ती पत्र केलाउँछन्, अझ भित्रैदेखि खोतल्छन्। प्रत्येक कुरामा सीधै विश्वास गरिहाल्दैनन्। खास अर्थमा भन्दा प्रश्न गर्छन्। र यो काम गर्न माध्यम खोज्छन्। राजनीति, पत्रकारिता, कलाकारिता, साहित्य र समाजेवाजस्ता माध्यम खोज्छन्।’ साहले कथामार्फत समाजको अभाव चित्रण गर्ने कोसिस गरेका छन्। 

‘सचेत नागरिक हुनु भनेको समाजको यथार्थ चिन्नु हो। जुन पत्रपत्रमा हुन्छन्। सचेत नागरिकले ती पत्र केलाउँछन्, अझ भित्रैदेखि खोतल्छन्। प्रत्येक कुरामा सीधै विश्वास गरिहाल्दैनन्। खास अर्थमा भन्दा प्रश्न गर्छन्।

कसैले सिनेमामार्फत, कसैले कवितामार्फत, कसैले पत्रकारितामार्फत त कसैले कथामार्फत समाजका कमजोरी केल्याउनु सचेत नागरिकको कर्तव्य हो। सही मार्ग देखाउनु लेखकको दायित्वबोध पनि हो। मधेसभित्र अभावको जनजीवन बाँचिरहेका दलित, श्रमिक र सीमान्तकृत समुदाय उनका कथाको मूल विषय बन्छन्। साहुबाट प्रताडित मजदुर र गरिबको कथा हाल्छन् उनी। र, आफ्ना कथाका नायकमार्फत आफू हुर्किएको भूगोल अथवा मिथिलाभित्र बसोबास गर्ने सीमान्तकृत पात्रको प्रतिनिधित्व गर्दछन्। उनी भन्छन्, ‘वास्तविक नायक ती हुन् जसले अनेक दुःखका बाबजुद पनि हाँसेका छन्।’  

corrent noodles
Metro Mart
श्याम साह।

रमेशरञ्जन झा, रामदयाल राकेश, राजेन्द्र विमल, चन्द्रकिशोर, तुलानारायण साह, रीता साहजस्ता लेखक तथा अधिकारकर्मीबाट मधेसका मुद्दामाथि अखबारीदेखि साहित्यसम्म नलेखिएका पनि होइनन्। त्यही भीडमा स्थापित हुन आइपुगेका छन् साह। यसलाई ठूलो चुनौतीका रुपमा लिन्छन् उनी। 

नेपाली समाजको संरचना गहिरो पोखरी जस्तो लाग्छ, मानौं कहिल्यै पोखरी नदखेका मान्छे एक्कासि त्यो पोखरीमा छोडिएका होऊन् र उनीहरुले त्यससँग प्रतिस्पर्धा गर्दैछन्, जो त्यस पोखरीसँगै हुर्केका हुन्। त्यस अवस्थामा केही संयोग र केहीले भने जसरी पनि पार गर्छु भन्ने उत्कट चाहनाले गर्दा मात्र त्यसलाई पार गर्न सक्छन्। यस्तै एकाध मानिसभित्र पर्ने लेखक ठान्छन् आफूलाई साह। भन्छन्, ‘संरचनागत विभेदका कारण पिँधमा परेका वर्गलाई एक छाक खानका लागि गर्नुपर्ने संघर्षले उसका क्षमता सानैमा मार्न पुग्छन्। त्यसैले सीमान्तकृत मधेसी, दलित, आदिवासी जनजाति आदिलाई यहाँसम्म पुग्न अझ वर्षौं लाग्न सक्छ।’

‘एउटा भाषा एउटा भेषको माससिकताबाट लामो समय शासित भएको देश हो। ब्युरोक्रेसीमा त्यसैको बाहुल्य छ। त्यो मानसिकतामा परिवर्तन हुन समय त लाग्छ नै।’

भाषा र सामाजिक रहनसहनका कारण पनि कथित मूलधारको नेपालसम्म पुग्न एक मधेसीलाई ठूलो चुनौती देख्छन साह। अझ जात व्यवस्थाको भड्खालोमा नमजाले जेलिएको मधेसभित्र कथित दलित मजदुर चरम गरिबीका कारण भोक र रोगसँग जुधिरहेका छन्। ‘मधेसी दलित मजदुरले कहिले पुग्ने पहाडिया हाकिम भएको कार्यालयमा काम गर्न?’ साह प्रश्न गर्छन्। 

पहिलो त मुठीभरिका मानिसले चलाएको समाजसँग जुध्न अनिवार्य छ। जो आफूको सम्भ्रान्त ठान्छन्। दलित गरिबलाई त विद्यालयमा पुग्नै पनि गाह्रो छ। पुगिहाले दोस्रो भाषामा पढ्नुपर्ने कर छ। मातृभाषामा पढेर त्यहाँसम्म पुग्न सम्भव देख्दैनन् साह। शिक्षाको पहुँचबाट टाढा भएकाहरुको ठूलै जमात छ। जहाँ पठन संस्कृतिको विकास अझै हुन सकेको छैन।त्यस्तो ठाउँबाट यात्रा गर्नुपर्ने बताउँछन् साह। 

पढाइ सकेपछि सरकारी सेवामा जागिर खाने रहर सबैलाई हुन्छ। त्यस्तै लक्ष्य बोकेर सिंगो मधेसका विद्यार्थी पढ्न जुरमुराइरहेका छन्। पहुँच भएकालाई विज्ञान र इन्जिनियरिङ पढ्न गाह्रो नहोला। तर गरिब मजदुर र सीमान्तकृत समुदायका विद्यार्थीलाई यहाँसम्म पुग्न निक्कै गाह्रो देख्छन् उनी। भन्छन्, ‘एउटा भाषा एउटा भेषको माससिकताबाट लामो समय शासित भएको देश हो। ब्युरोक्रेसीमा त्यसैको बाहुल्य छ। त्यो मानसिकतामा परिवर्तन हुन समय त लाग्छ नै।’ 

संग्रहको पहिलो कथा हो, ‘जायठ’। अर्थात् पोखरीको बीचमा गाडिएको खम्बा। मधेसका प्रायः गाउँमा हुने पोखरी सामूहिक जीवनशैलीको चिनारी हो। प्रायः उनका कथामा स्थानीय पात्रको बाहुल्य हुन्छ जो निकै दुःखले बाँचेका छन्। जसको दैनिकी देहातको ‘लू’ भन्दा भयानक छ। संघर्षका चोइटाहरु बटुल्दाबटुल्दै जीवनको अन्तिम मोडमा पुग्छन् ती पात्रहरु। धुलो र धुवाँ सहेर एक गास जुटाउन अहोरात्र खटिने यी पात्र दिनान्दिन गरिबीको रेखामुनि पिल्सिनुपरेको छ। 

‘पञ्चायती’ शीर्षकको कथा यस्तै सीमान्तकृत समाजको ऐना हो। जसले चिन्तनभन्दा बढी चिन्ता गर्नुपर्नेछ। साह मधेसको रुढिवादी समाजभित्र बाँचेको प्रेम र अन्तरजातीय विवाहबाट हुने सामाजिक मदभेदलाई पनि पर्गेल्छन् र दाइजो प्रथाबाट ग्रसित समाजका पात्रको मनोदशालाई चित्रण गर्दछन्। ‘रुढिवादीले ग्रस्त मधेसी समाजमा हेलित घृणित हुनुपर्ने चाहिँ गरिब, दलित, मजदुरले पर्छ’, साह भन्छन्। 

उनी कथामार्फत नेपाल भारतको सीमामा हुने तस्करीको पर्दाफास पनि गर्छन्। आमनागरिक दैनिक उपभोग गर्ने दाल चिनी भारतबाट ल्याउन हातपाउ जोडेर रुनुपर्नेछ भने अर्कोतिर प्रशासनकै मिलेमतोमा तस्करी हुन्छ, भन्सार छली हुन्छ। यस्तो किन हुन्छ त? साह भन्छन्, ‘राज्यले जहिले पनि दलाल, शोषक, भ्रष्ट तस्करको संरक्षण गर्दै आएको छ। जसबाट उसलाई पनि फाइदा हुन्छ।’ 

‘नाकाबन्दी’ कथा राजनीतिमा लागेका आफ्नै नेताहरुबाट तिरस्कार, उपेक्षित र अपमानित मान्छेको कथा हो। राजकीय दमन र सहमतिवादी शोषणमा क्रान्तिकारी युवाको सोचको उदय र अन्तको कथा हो ‘नाकाबन्दी’।

‘पथेर’ भित्रको लामो कथा हो ‘नाकाबन्दी’। भारतले लगाएको नाकाबन्दीको गहिरो प्रभाव मधेसमा पर्‍यो। दुई देशबीचको नाकाबन्दीभन्दा नि ठूलो नाकाबन्दी नेपालभित्र खस नेपाली र मधेसी नेपाली बीच छ। पहाडिया नेपाली अझै मधेसी नेपालीलाई ‘धोती’ भन्छन्। सीमापारिका ठान्छन्। ‘नाकाबन्दी’ कथा राजनीतिमा लागेका आफ्नै नेताहरुबाट तिरस्कार, उपेक्षित र अपमानित मान्छेको कथा हो। राजकीय दमन र सहमतिवादी शोषणमा क्रान्तिकारी युवाको सोचको उदय र अन्तको कथा हो ‘नाकाबन्दी’। एकाध मधेसी नेतालाई समाएर केन्द्रीकृत राजनीतिले मधेसमा साम्प्रदायिकता भड्काउने खेल भएको आरोप छ साहको। उनी प्रश्न् गर्छन्, ‘कहिलेसम्म आफ्नै देशमा अनागरिक जस्तै भएर बस्ने? जात व्यवस्था र राज्य आतंकले प्रताडित निम्न वर्ग र सीमान्तकृत समुदायले यो देशको नागरिक हुन नपाउने?’ 

उनका यथार्थपरक कथामा मधेसको थिचोमिचोविरुद्ध वकालत पाइन्छ। विद्रोही चेत र समाजशास्त्रीय चिन्तन भेटिन्छन्। यसर्थ, राज्यद्वारा मधेसमाथि भएको विभेदका विविध आयामलाई कथाकारले आफ्ना कथामार्फत प्रस्तुत गर्न सफल भएका छन्। मधेसको सामाजिक मनोविज्ञान, मधेसी समाजमा व्याप्त पितृसत्तात्मक संरचना, मधेसको समग्र अर्थ–राजनीति आदि विषयलाई कथामार्फत खोतलेका छन् साहले। केन्द्रले रटाइरहेको विकासको रटानमाथि पनि मधेसको फरक दृष्टिकोण हुन सक्ने तर्फ श्याम साहको कथाले सतर्क गराएको छ।

महेन्द्र राजमार्गदेखि दक्षिणको आञ्चालिकता झल्काउन सफल कथाकार साह मधेसभित्रको वर्गीय अनुहार पनि चित्रण गर्दछन्। मधेसभित्रको समाजलाई हेर्ने वास्तविक दृष्टिकोण प्रस्तुत गरेका छन् साहले। साहित्य समाजको ऐना भएकाले त्यसमा परावर्तित हुने कुरा लेखकको पृष्ठभूमि र दृष्टिकोणमा भर पर्छ नै। उनी भन्छन्, ‘केन्द्रमा बसेर एकाध व्यक्तिहरुले सम्पूर्ण नेपाली समाजबारे गरेको व्याख्या अपर्याप्त छ।’

सिराहामा जन्मेहुर्केका साहले ‘पथेर’ अघि मधेस र त्यसमा पनि सीमान्त मधेसको परिवेशमा आधारित कथा संग्रह ‘अब्बा’ ल्याइसकेका छन्।

प्रकाशित: Jun 12, 2021| 00:59 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।