शनिबार, वैशाख ८, २०८१

सभामुखले बोलाएको सर्वदलीय बैठक निचोडविहीन

'पूर्वप्रधानमन्त्रीहरू सहित सबैले समसामयिक विषयमा आफ्नो भनाइ राख्नु भयो। तर निचोड चै केही पनि निस्किएन,' उनले भने। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वप्रधानमन्त्री र दलका प्रमुखहरूको बैठक सकिएको छ। बैठक आयोजना गरेका सापकोटाका साथै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राप्रपाका दीपक बोहरा बाहिरिएका हुन्। बैठकमा सबैले आफ्ना कुरा राखेपनि कुनै पनि निचोड ननस्किएको राप्रपाका दीपक बोहराले बताएका हुन्। 

triton college

'पूर्वप्रधानमन्त्रीहरूसहित सहभागीले समसामयिक विषयमा आफ्नो भनाइ राख्नु भयो। तर निचोड चै केही पनि निस्किएन,' उनले भने। 

बैठकमा सत्तापक्षमा रहेका दलका प्रमुखहरू भने सहभागी भएनन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि एमाले अध्यक्षका हैसियतमा निमन्त्रणा गरिएको भएपनि उनी बैठकमा सहभागी नभएका हुन्। यस्तै जसपाको महन्थ ठाकुर पक्षले पनि बैठकलाई बहिष्कार गरेको छ।

बैठक शुक्रबार २ बजेबाट संसद भवनको ल्होत्से हलमा छलफल सुरु भएको थियो। बैठकको सुरुमा नै सभामुख सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसको रोकथामबारे दलका नेताहरू र प्रधानमन्त्रीहरूको धारणा माग गरेका थिए। यसपछि उनीहरूले धारणा राखेका थिए। 

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको ६५ दिनमा प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो। तर जेठ ७ मा ओलीले पुनः दोस्रोपटक प्रतिनिधि सभा विघटन गरिदिए। यसविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र एमालेको माधवकुमार नेपाल पक्ष, जसपाको नेपाल मजदुर किसान पार्टी र जसपाको उपेन्द्र यादव पक्षले गठबन्धन गरेका छन्। 

corrent noodles
Metro Mart

सभामुखसहित केही नेताहरू बाहिरिएपनि पूर्वप्रधानमन्त्रीहरू भने आन्तरिक छलफलमा बसेका छन्। 

प्रकाशित: Jun 11, 2021| 11:00 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।