बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सभामुखले बोलाएको दल प्रमुख र पूर्वप्रधानमन्त्रीहरूको बैठक सुरु

सभामुखले बोलाएको दल प्रमुख र पूर्वप्रधानमन्त्रीहरूको बैठक सुरु

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नेकपा एमाले अध्यक्षहरूलाई पनि बोलाइएको छ। तर अझसम्म पनि ओली बैठकमा उपस्थित भएका छैनन्। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक केही समयअघि सुरु भएको हो। 

triton college

समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरूलाई बैठकमा बोलाएका छन्। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नेकपा एमाले अध्यक्षहरूलाई पनि बोलाइएको छ। तर अझसम्म पनि ओली बैठकमा उपस्थित भएका छैनन्। 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायत सहभागी छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा दोस्रोपटक विघटन गरेपछि सभामुख सापकोटाले यही जेठ २३ गते कानुनविद् र जेठ ११ गते पूर्वसभामुखसँग छलफल गरेका थिए। 

corrent noodles
Metro Mart

प्रकाशित: Jun 11, 2021| 09:10 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।