बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाविरुद्धको खोप अभियान : कतै लुकाइयो, कतै जनप्रतिनिधिको मनमौजी

कोरोनाविरुद्धको खोप अभियान : कतै लुकाइयो, कतै जनप्रतिनिधिको मनमौजी

पहुँचका आधारमा खोप लगाएपछि विवादित हुँदै रुपन्देहीमा भेरोसेल खोप अभियान सकिएको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

बुटवल- रुपन्देहीको रोहिणी गाउँपालिकामा कोभिड–१९ विरुद्धको १६ भाइल खोप हरायो। खोप गायब भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रहरी नै लगाएर खोपको खोजी गर्नुपर्‍यो। 

triton college

गाउँपालिकाका स्वास्थ्य संयोजक रामनेवास चौधरी र अर्का स्वास्थ्यकर्मी चन्द्रिका यादवसहितको टोलीले १६ भाइल खोप लुकाएको आरोप छ। आफ्ना नजिकका मान्छेलाई खोप लगाइदिनका लागि खोप लुकाएको तथ्य प्रशासनले पत्ता लगाएको छ। 

यो एक प्रतिनिधि घटना मात्रै हो। रुपन्देहीका अधिकांश पालिकाहरूमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको मनमौजी हुँदा तोकिएको उमेरसमूहबाहेकका नागरिकले पनि खोप लगाएका छन्। 

पहुँचका आधारमा खोप लगाएपछि विवादित हुँदै रुपन्देहीमा भेरोसेल खोप अभियान सकिएको छ। ६२ वर्षदेखि ६४ वर्ष समूहका लागि आएको यो खोप लक्षित समूहमा मात्रै सीमित भएन। 

रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मी, ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्यकर्मीलाई तोकिएका व्यक्तिभन्दा अन्यलाई खोप लगाइएको भन्दै जिल्ला प्रशासन कार्यालयले कारबाहीको तयारी गरेको छ।

corrent noodles
Metro Mart

स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको दबाबमा लक्षित उमेर समूहबाहेक अरूले पनि लगाएका छन्। खोपमा मनमौजी भएपछि जिल्ला प्रशासन र स्वास्थ्य कार्यालय रुपन्देही तनाव परे। 

खोपमा मनपरि भएपछि रुपन्देहीको पाँचवटा स्थानीय तहमा विवाद उत्पन्न भयो। सिद्धार्थ नगरपालिका, मर्चवारी गाउँपालिका, ओमसतिया गाउँपालिकामा एक दिन मात्रै खोप कार्यक्रम गरिएको थियो। 

दोस्रो दिन पनि खोप अभियान चलाइएको रोहिणी गाउँपालिकामा भने १६ भाइल खोप नै गायब भएपछि विवादित बनेको हो। स्वास्थ्यकर्मी नै खोप लुकाउन संलग्न भएकाले जिल्लामा समस्या देखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए। 

रोहिणी गाउँपालिकाका स्वास्थ्यकर्मी, ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका स्वास्थ्यकर्मीलाई तोकिएका व्यक्तिभन्दा अन्यलाई खोप लगाइएको भन्दै जिल्ला प्रशासन कार्यालयले कारबाहीको तयारी गरेको छ। तर, लक्षित समूहभन्दा बाहिर गएर खोप दिएका स्वास्थ्यकर्मी वा जनप्रतिनिधिलाई कुन ऐन लगाएर कारबाही गर्ने भन्नेमा भने प्रशासन अन्योलमा  छ।

‘स्पष्ट कानुन छैन,  सजायका विषयमा स्पष्ट नभएकाले हामी छलफलमा छौं,’ रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी तामाङले भने। 

दक्षिणी क्षेत्रका नागरिकहरूमा ‘चाइनिज भ्याक्सिन’ खतरनाक हुन्छ भन्ने अफवाह फैलिएको र स्थानीय तहहरूमा मनमौजी हुँदा विवादित भएर लक्षित समूह सबैले खाेप नलगाएकाे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

जिल्ला खोप समन्वय तथा अनुगमन समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारीले पहिलो चरणमा खोप दुरुपयोग गरेकाहरूलाई सचेत मात्रै गराइएको बताए। कारबाही गर्ने कुनै कानुनी अधिकारसमेत स्पष्ट नभएकाले सचेत गराइएको उनको भनाइ छ। ‘कोरोनाको त्रासकै कारण सबैलाई खोपको आवश्यकता भएको हो,’ उनले भने। 

चाइनिज भन्दै कतिपयले खोप लगाएनन्

२०६८ सालको जनगणनाअनुसार रुपन्देहीमा ६२ देखि ६४  उमेर समूहका नागरिकको संख्या १८ हजार छ। यहाँ १४ हजार ५५ जनालाई मात्र पुग्ने खोप आएको हो। सबैलाई पुग्ने खोप नआएपछि तीन हजार ४४५ जना यो उमेर समूहका नागरिक  खोप वञ्चित थिए। तर, यहाँ आएको खोप पूरै खपत भने भएको छैन। 

यसो हुनुमा दक्षिणी क्षेत्रका नागरिकहरूमा ‘चाइनिज भ्याक्सिन’ खतरनाक हुन्छ भन्ने अफवाह फैलिएको र स्थानीय तहहरूमा मनमौजी हुँदा विवादित भएर भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। यहाँको मर्चवारी गाउँपालिकामा ६१६ जनाले खोप लगाउनुपर्नेमा जम्मा ८९ जनाले मात्रै खोप लगाएका छन्।

त्यस्तै सम्मरीमाई गाउँपालिकामा पनि ६०८ जनामध्ये ९४ जनाले मात्रै खोप लगाएका छन्। यसैगरि कोटहीमाई गाउँपालिकामा पनि ६५१ जनाले लगाउनुपर्नेमा २४५ जनाले मात्रै लगाएको भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए।

उनका अनुसार स्थानीय तहहरूमा नागरिकहरूले समेत खोपका विषयमा झगडा गर्दा समस्या भएको हो। ‘ज्यानै बचाउन मुस्किल भएको अवस्था पनि आयो,’ उनले भने, ‘खोप निश्चित उमेर समूहका लागि आएको र आवश्यकता सबैलाई हुँदा पनि समस्या भएको हो।’ 

रुपन्देहीमा १२ हजारले खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्रकुमार गिरीले जानकारी दिए। उनका अनुसार बुटवल उपमहानगरपालिकामा बिहीबार पनि खोप अभियान चलेको थियो। 

कतिपय स्थानीय तहहरूले भने अन्य उमेर समूहका नागरिकलाई पनि खोप लगाइदिएका छन्। 

प्रकाशित: Jun 11, 2021| 00:54 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।