शुक्रबार, वैशाख ७, २०८१

कोरोना संक्रमितले कुन-कुन सेवा निःशुल्क पाउनेछन्? 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था गरेको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- सरकारले ८३ वटा अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने जनाएको छ।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालसहित निजी तथा मेडिकल कलेजमा समेत कोरोना संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था गरेको छ। निजी अस्पताल तथा मेडिकल कलेजमा पनि कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने र निःशुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।

उक्त अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क हुने तर संक्रमितले थप सुविधा लिन चाहेमा मन्त्रालयले तोकेको दररेटभन्दा बढी लिन नपाउने जनाएको छ। सरकारले सम्झौता गरेका अस्पताललाई बिरामीहरुको उपचार गरेबापतको खर्च स्वास्थ्य मन्त्रालयले बेहोर्नेछ।

मन्त्रालयका अनुसार कोरोना संक्रमितले मेरो उपचार खर्च म तिर्न सक्दिनँ वा तिर्दिनँ सरकारले नै मेरो उपचार गर्नुपर्छ भन्यो भने, त्यस्ता बिरामीले सरकारले तोकेका अस्पतालमा निःशुल्क उपचार पाउने मन्त्रालयले जनाएको छ। 

कोरोना संक्रमितले अस्पतालमा निम्न सेवा निःशुल्क लिन सक्नेछन्। 

corrent noodles
Metro Mart

१. सामान्य रगत परीक्षण (जस्तैः सिरम, युरिया, क्रियटिनिन्, सुगर, सीआरपी, सीबीसी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर, एएसटी, एएलटी आदि) 

२. छातीको एक्सरे 

३. उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि 

४. बिरामीको शय्या शुल्क 

५. खाजा तथा खानासहित दैनिक चार छाक 

६. चिकित्सक तथा नर्सको राउन्ड सेवा 

७.अक्सिजन 

निःशुल्क नहुने सेवा 

१. आईसीयू बाहेकका बिरामीमा पीसीआर 

२. रेम्डिसिभिर 

३. प्लाज्मा थेरापी 

४. सिटी स्क्यान 

५. हायर एन्टिबायोटिक्स

प्रकाशित: Jun 10, 2021| 12:26 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।