काठमाडौं– टु व्हीलर र थ्री–व्हीलर निर्माता टीभीएस मोटर कम्पनीले टीभीएस एनटर्क १२५ स्कुटर अन्तर्राष्ट्रिय बजारमा एक लाख युनिट बिक्री भएको जनाएको छ । कम्पनीले राखेको लक्ष्यानुसार नै एक लाख युनिट बिक्री भएको जनाइएको छ ।
टीभीएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सन् २०१८ मा सुरु गरिएको थियो । धेरै वर्षमा ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा यो स्कुटर उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको कम्पनीले जनाएको छ । टीभीयस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा रहेको जनाइएको छ ।
टीभीएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ के एन राधाकृष्णनले टीभीएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा एक लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा कम्पनी उत्साहित भएको बताए । “यो उपलब्धि नवीनतम बेन्चमार्क सेट गरेर टीभीएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो,” उनले भने ।
नेभिगेसन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेसन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु स्ट्रिट र स्पोर्टजस्ता सुविधाहरुलाई यो स्कुटरले समेटेको कम्पनीले जनाएको छ ।
नेपालमा टीभीएस एनटर्क १२५ नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । त्यसपछि जगदम्बा मोटर्सले एनटर्क रेस एडिसन सार्वजनिक गरेका थियो । रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ । नेपाली बजारमा एनटर्क १२५ रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसनम उपलब्ध छ ।
रेगुलर एनटर्क १२५ को मूल्य नेपाली २,१८,९०० (ड्रम) र २,४५,९०० (डिस्क), एनटर्क १२५ रेस एडिसनको २,६१,९०० र एफआई २,७७,९०० र एनटर्क सुपर स्क्वाड एडिसन २,६६,९०० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।