शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव सिटिजन्स बैंकको साधारणसभाबाट पारित

सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव सिटिजन्स बैंकको साधारणसभाबाट पारित

सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको बिहीबार सम्पन्न विशेष साधारणसभाले सिर्जना फाइनान्स र बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको हो।

triton college

सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात गरेको छ । बैंकका अध्यक्ष राजनसिंह भण्डारीले राखेको सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडको विशेष साधारणसभाले पनि सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक तथा फाइनान्सको विशेष साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्न बाटो खुलेको हो । यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार गर्ने तयारी भइरहेको भण्डारीले बताए ।

यही जेठ २६ गतेसम्मको तथ्यांकको आधारमा बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा १८९ हुनेछ । बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछि १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्ने बैंकले जनाएको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 10, 2021| 10:50 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्