शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'भारतका कारण ज्यान जोखिममा राखेर भीरको बाटो हिँड्नुपरेको छ'

'भारतका कारण ज्यान जोखिममा राखेर भीरको बाटो हिँड्नुपरेको छ'

भारतले मानसरोवर सडकखण्डमा विष्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्दा नेपालतिरको बाटो अवरुद्ध भएको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- भारतले मानसरोवर सडकखण्डमा विष्फोटक पदार्थ प्रयोग गरी सडक निर्माण गर्दा नेपालतिरको बाटो अवरुद्ध भएको छ।

triton college

भारतले आफ्नो क्षेत्रमा मनोमानी किसिमले बाटो निर्माण गर्दा ढुङ्गा उछिट्टीएर नेपालतर्फ आएपछि व्याँस गाउँपालिकाबाट कालापानी र तिंकर जाने बाटो अवरुद्ध भएको छ।

व्याँस गाउँपालिका वडा नम्बर दुईका अध्यक्ष धिरन सिंह बुढाथोकीले भारतले बाटो निर्माण गर्दा नेपाललाई पर्न सक्ने असरलाई बेवास्ता गरेका कारण व्याँसका स्थानीयले दुःख पाएको बताए।

मंगलबार व्याँस-२ कल्जु क्षेत्रमा भारतले सडक निर्माण गर्दा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको हो। ‘भारतले नेपालतर्फको सुरक्षाको कुनै परवाह नै नगरी बाटो निर्माण गर्दा व्यासवासीले निकै दुःख पाएका छन्, सामान ढुवानी गर्नु त परको कुरा हिँड्नसमेत बाटो छैन,’ उनले भने।

बाटो अवरुद्ध भएपछि व्याँस गाउँपालिका मात्रै होइन तिंकर तथा छाङ्गरू जाने स्थानीयसमेत प्रभावित भएका छन्। प्रहरी चौकी दुम्लिङबाट करिब २०० मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्रमा पूरै बाटो बन्द भएको छ। भारतले गरिरहेको सडक निर्माणले पहिरो नेपालतर्फ पुगेको हो।

corrent noodles
Metro Mart

बुढाथोकीका अनुसार पहिरो तथा ठूलठूला चट्टानले बाटो मात्रै अवरुद्ध भएकोे छैन, महाकाली नदीले समेत धार परिवर्तन गरी नेपालतर्फ आएको छ। आधा घण्टा लाग्ने गरेको बाटो अवरुद्ध हुँदा स्थानीय ज्यान जोखिममा राखेर भीरको बाटोे हिँड्न बाध्य भएका छन्।

‘आधा घण्टा लाग्ने ठाउँमा तीन घण्टा उकालो भीर चढेर आवतवावत गरिरहनु परेको छ,' वडाध्यक्ष बुढाथोकीले भने, ‘व्याँसवासीले ज्यान हत्केलामा राखेर हिँड्नु परिरहेको छ।’ बाटो अवरुद्ध भएपछि उनले सुधारका लागि ब्याँस गाउँपालिकालाई खबर गरेका थिए। तर अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन।

स्थानीय तह र प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको गोरेटो बाटो अवरुद्ध भएपछि आवतवावतमा निकै समस्या भइरहहेको छ व्याँसवासीलाई। भारतले धार्चुला लिपुलेक मानसरोवर सडकलाई दुई लेनको बनाउनका लागि ठूलाठूला चट्टान काटिरहेको छ। जसको प्रत्यक्ष असर नेपाललाई परेको छ।

भारतले बाटो निर्माणका लागि तोप, बारुद तथा जिलेटिनको अत्यधिक मात्रा प्रयोग गरिरहेको छ। भारतले जहिल्यै दुःख दिने नियतले काम गरेका अध्यक्षले गुनासो गरे।

भारतले महाकाली नदी किनारैकिनार मानसरोवरसम्म दुई लेनको सडक निर्माण गरिरहेको छ जसका कारण नेपाललाई बारम्बार जोखिम हुँदै आइइरहेको छ। अवरुद्ध बाटो खोल्नेबारे ब्याँस गाउँपालिकासँग सम्पर्क गर्न खोज्दा कसैसँग सम्पर्क हुन सकेन। यद्दपि ब्याँस गाउँपालिका–२ का अध्यक्ष धिरजले भने बाटो अवरुद्ध हुदा नै गाउँपालिकालाई जानकारी दिइसकेको बताए।

प्रकाशित: Jun 10, 2021| 10:30 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।