शनिबार, वैशाख ८, २०८१

सग्लो शरीरले मात्र जीवन सुन्दर कहाँ हुन्छ र?

मान्छेको जीवनमा कथामात्र हुँदैनन्। त्यो कथाभित्र कुनै न कुनै उत्प्रेरणा पनि लुकेको हुन्छ। भलै, एकाध अपवाद कथा पनि होलान्, जसमा कुनै पनि कोणबाट प्रेरणादायी तत्त्व भेटिँदैन। तर मान्छेमा कुनै न कुनै उत्प्रेरणाको कथा हुन्छ नै। र एकाधमा यस्ता कथा अलि बढी नै हुन्छ। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

विजय दाइ प्रायः भन्नुहुन्थ्यो– मान्छे होस् अनि त्यसको कहानी नहोस्?  पूरा नाम विजयकुमार पाण्डे। उहाँसँग मैले २०६५/६६ सालतिर ‘मेरो जिन्दगी मेरो विश्वास’ भन्ने कार्यक्रममा काम गरेको थिएँ। यही कार्यक्रमका लागि पात्र छनोटको चरणमा विजय दाइले एक दिन सोध्नुभयो, ‘नयाँ पात्रको छनोट किन ढिलो गरेको?’ 

triton college

‘सिफारिस भएको पात्रको जीवनमा खासै कथा भेटिएको छैन’, हाम्रो टिमका एक सदस्यले जवाफ दिए।  यो जवाफ विजय दाइका लागि चित्तबुझ्दो थिएन। जीवन भोग्ने सबैसँग कथा हुन्छ। बस्, हेर्न, खोज्न वा देख्न सक्नुपर्छ। त्यही भएर उहाँले प्रश्न गर्नुभएको थियो– मान्छे होस् अनि त्यसको कहानी नहोस्?

खासमा सिफारिस भएको पात्रमा कथा नभेटिएको हैन। हामीले नै पात्रभित्र कथा पहिल्याउन सकेका थिएनौं। त्यो हाम्रो क्षमता अभावभन्दा पनि अल्छीपनको परिणाम थियो। जुन अल्छीपनले गर्दा विजय दाइको प्रश्नका अगाडि हामी नाजवाफ भयौं। 

मान्छेको जीवनमा कथामात्र हुँदैनन्। त्यो कथाभित्र कुनै न कुनै उत्पे्ररणा पनि लुकेको हुन्छ। भलै, एकाध अपवाद कथा पनि होलान्, जसमा कुनै पनि कोणबाट प्रेरणादायी तत्त्व भेटिँदैन। तर मान्छेमा कुनै न कुनै उत्प्रेरणाको कथा हुन्छ नै। र एकाधमा यस्ता कथा अलि बढी नै हुन्छ। 

मानिसको जीवनलाई नियाल्न जान्नुपर्छ। मान्छेको जीवनमा कथामात्र हुँदैनन्। त्यो कथाभित्र कुनै न कुनै उत्प्रेरणा पनि लुकेको हुन्छ। भलै, एकाध अपवाद कथा पनि होलान्, जसमा कुनै पनि कोणबाट प्रेरणादायी तत्त्व भेटिँदैन। तर मान्छेमा कुनै न कुनै उत्प्रेरणाको कथा हुन्छ नै। र एकाधमा यस्ता कथा अलि बढी नै हुन्छ। 

corrent noodles
Metro Mart

‘मेरो जिन्दगी मेरो विश्वास’ को दुई पात्र म सम्झिरहन्छु, निर्मला ज्ञवाली र तृप्ता थापा मगर। १२ वर्षपछि अहिले सामाजिक मुद्दामा केन्द्रित ‘ऐना’ कार्यक्रमले थप यस्तै पात्रहरुसँग सात्क्षात्कार गराएको छ। जसको जीवन संघर्षको एउटै सन्देश छ, शरीरमात्र मजबुत भएर हुँदैन। त्यो भन्दा बढी बलियो मनोबल हुनुपर्छ। 

निर्मला र तृप्ता दुवै अपांगता भएका महिला हुन्। गुल्मीकी निर्मला दृष्टिविहीन हुन्। इटहरीकी तृप्ताको खुट्टा चल्दैन। तर आफ्नो आत्मविश्वासका अगाडि उनीहरुको अपांगता अवरोध भएर खडा हुन सकेन। हामी सग्लो शरीर भएकाहरु  सपना देख्ने क्रममा धेरै चोटि निराश हुन्छौं। यही उदासीमा कतिले आफ्नो जीवन आपैंm अन्त्य गरेको घटना पनि छन्। तर निर्मला र तृप्ताले कष्टसाध्य जीवन पार गरेर अगाडि बढे अनि आफ्नो जीवनलाई अरुको नजरमा अर्थपूर्ण साबित गरे।   

‘मेरो जिन्दगी मेरो विश्वास’ का लागि भेट्दा निर्मला इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसन (आईओएम) अन्तर्गत दमकमा रहेर काम गर्थिन्। सायद भुटानी शरणार्थीलाई तालिम दिन्थिन्। उनको अफिस अगाडिबाटै उनलाई  हाम्रो गाडीमा लियौं। तर कुन ठाउँमा राखेर अन्तर्वार्ता लिने भन्ने थाहा थिएन। हामी दमकबाट पूर्वतिर लागिरहेका थियौं।

कुराकानीका क्रममा निर्मला ज्ञवालीले बररर आँसु झारिन्। उनले आफ्नो विगत सम्झेर आँसु झारेकी थिइन्, पछि आँसु पुछ्दै भनिन्, ‘दृष्टिविहीनले रङहरु छुट्याउन सक्दैनन्, तर संसार उनीहरुका लागि पनि सुन्दर हुन्छ।’

‘भीडभाड नभएको ठाउँमा कुराकानी गर्नुपर्छ’, विजय दाइले भन्नुभएको थियो। कुराकानीको अर्थ अन्तर्वार्ता सुटिङ गर्नु थियो। त्यसका लागि हामी उपयुक्त ठाउँ खोजिरहेका थियौं। 

‘यो खोला किनारमा सुटिङ गरौं’, गुडिरहेको गाडीबाट केर्खा खोला नियाल्दै एक जना साथीले भने, ‘यो ठाउँ खाली छ।’ ‘अहिले पो खाली छ’, विजय दाइले भन्नुभयो, ‘मलाई देखेपछि मान्छेको भीड लाग्छ। त्यहाँ गर्नु हुँदैन।’

त्यो फिल्ड भिजिटमा विजय दाइले भनेपछि कसैले सल्लाह दिने वा प्रतिप्रश्न गर्ने कुरो आउँदैन थियो। हामी सरासर अघि बढ्यौं। थोरै अघि बढेपछि मेरो बडाबाको घर थियो। हामी त्यही घरमा गयौं। जहाँ एउटा सुपारीको बोटमुनि बसेर विजय दाइले निर्मला ज्ञवालीसँग कुराकानी गर्नुभयो। 

पत्रकार विजय कुमार पाण्डेका साथ निर्मला ज्ञवाली

कुराकानीका क्रममा निर्मला ज्ञवालीले बररर आँसु झारिन्। उनले आफ्नो विगत सम्झेर आँसु झारेकी थिइन्, पछि आँसु पुछ्दै भनिन्, ‘दृष्टिविहीनले रङहरु छुट्याउन सक्दैनन्, तर संसार उनीहरुका लागि पनि सुन्दर हुन्छ।’ एउटा दृष्टिविहीनले गुल्मीको गाउँमा जन्मेर अमेरिकासम्म अध्ययनका लागि पुग्न ठूलै मनोबल चाहिन्छ। अनि सघर्ष पनि राम्रै गर्नुपर्छ। यी सबै कथा क्यामेरामा कैद गरेर हामी फर्किंदै थियौं। त्यही बेला विजय दाइलाई के मुड चल्यो कुन्नि! पालैपालो गरेर निर्मला ज्ञवालीसँग हाम्रो परिचय गराइदिनुभयो। 

‘अनि ऊचाहिँ पासाङ’, मेरो परिचय गराइदिँदै बोल्नुभयो। विजय दाइले बोलेपछि त्यहाँ कुनै प्रतिवाद थिएन। मलाई पासाङ भनेर चिनाएपछि भानु बोखिम गायब भयो। विजय दाइले एक दिनअघि मलाई ‘तिमी नन्दकिशोर पुन ‘पासाङ’ जस्तो देखिन्छौ’ भन्नुभएको थिए। उति बेला माओवादी नेता तथा जनसेनाका एक कमान्डर ‘पासाङ’ चर्चामा थिए। त्यसपछि मलाई पासाङ नै भनेर बोलाउँदै हुनुहुन्थ्यो। परिचय पनि पासाङ नै भनेर गराउनुभयो।

अघिल्लो पटक जाँदा विद्यालय जाने क्रममा केही विद्यार्थीले उनको ह्विलचेयर धकेलिदिएका थिए। तर उनी स्वयंले विद्यालय जाँदा भने ह्विलचेयरको सुविधा पाइनन्। घस्रिंदै विद्यालय जानु कति पीडादायी थियो होला? इटहरीको गर्मी चाखेकाले मात्र कल्पना गर्न सक्छन्।

कार्यक्रमका लागि आलेख तयार गर्ने क्रममा मैले निर्मला ज्ञवालीलाई आएर पटकपटक फोन गरें। कुराकानीकै क्रममा म आफ्नै परिचय दिइरहेको थिएँ। उनले भानु बोखिम र पासाङ एउटै हो भन्नेचाहिँ झन्डै १० वर्षपछि कुराकानीका क्रममा थाहा पाइन्। ‘मेरो जिन्दगी मेरो विश्वास’ को पात्रका प्रोफाइलहरु अद्यावधिक गर्ने जिम्मेवारी पाएर फोन गरेको बेलामात्र।  

उनको संसार मेरा लागि पनि रंगीन छ भन्ने कुराले म अति प्रभावित भएको थिएँ। त्यसैमा आधारित भएर एउटा कथा लेखें ‘...तर पनि संसार रंगीन छ’। जुन कथामा थोरबहुत कल्पनाको लेप त लगाएँ नै। तर कथाको जग निर्मला ज्ञवालीसँगको भेटघाट र कुराकानी नै थियो। 

त्यसपछि हामी इटहरी आएर तृप्ता थापा मगरलाई भेट्यौं। ‘मेरो जिन्दगी मेरो विश्वास’मा समेटिएको उनको कथा यसपालि आएर ऐनामा पनि समेटियो। बितेको १२ वर्षमा तृप्ता थापा मगरको उमेर मात्र बढेको थिएन। समाजमा अपांगता भएकाहरुका लागि योगदान पनि बढेको थियो। उनले यस बीचमा ह्विलचेयरमै मेचीकाली यात्रा सम्पन्न गरेकी थिइन्। अनि उनको संघर्षको कथा विदेशी विश्वविद्यालयको पाठ्यक्रममा समेटिएको थियो।    

‘गर्मीको समय म घस्रिएरै विद्यालय जान्थें’, तृप्ताले पहिलो भेटमा सुनाएकी थिइन्। विद्यालय जाँदाको अनुभव यसपालिको अन्तर्वार्तामा पनि सुनाएकी थिइन्। यसपालि तृप्तासँग कुराकानी गर्न अफिसबाट महावीर विश्वकर्मा गएका थिए। अघिल्लो पटक जाँदा विद्यालय जाने क्रममा केही विद्यार्थीले उनको ह्विलचेयर धकेलिदिएका थिए। तर उनी स्वयंले विद्यालय जाँदा भने ह्विलचेयरको सुविधा पाइनन्। घस्रिंदै विद्यालय जानु कति पीडादायी थियो होला? इटहरीको गर्मी चाखेकाले मात्र कल्पना गर्न सक्छन्। तर उनको त्यही अदम्य साहस र मनोबलले अध्ययनका लागि क्याम्पसमात्र पुर्‍याएन। २०५० सालमा प्राथमिक तहको स्थायी शिक्षक पनि बनायो।  

उनको फरक क्षमताका लागि फरक सुविधा वा नियम थिएन। बस्, आफ्नो आत्मबल र निरन्तरको प्रयासले सफलता हासिल गरेकी थिइन्। उनको संघर्षको थोरै अंश यसपालि ‘ऐना’ पनि प्रसारित थियो। यही क्रममा थप अपांगता भएका व्यक्तिहरुको सुखदुःखसँग साक्षात्कार हुने मौका मिल्यो। 

‘लिखितमा त नाम निकालें’ उनले पुस्तक अद्यावधिक गर्नका लागि फोन गर्दा सुनाएकी थिइन्, ‘तर अन्तर्वार्तामा फेल हुन्छु जस्तो लागेको थियो।’ आखिर उनले आफ्नै डरलाई जित्दै प्राथमिक तहको स्थायी शिक्षक भइन्। उतिबेला अहिलेको जस्तो समावेशी व्यवस्था थिएन। सांगलाई जुन नियम लागू हुन्थ्यो, त्यही नियमभित्र बसेर शिक्षा सेवा आयोगमा भिडेकी थिइन्। उनको फरक क्षमताका लागि फरक सुविधा वा नियम थिएन। बस्, आफ्नो आत्मबल र निरन्तरको प्रयासले सफलता हासिल गरेकी थिइन्। उनको संघर्षको थोरै अंश यसपालि ‘ऐना’ पनि प्रसारित थियो। यही क्रममा थप अपांगता भएका व्यक्तिहरुको सुखदुःखसँग साक्षात्कार हुने मौका मिल्यो। 

‘ऐना’ का लागि अपांगतासम्बन्धी कथा ल्याउने क्रममा मेरो गुल्मी र बर्दियाको यात्रा तय भयो। गुल्मीमा भेटिएका नवराज सुवेदी जन्मजात अपांग थिएनन्। उनी ६ वर्षअघि बस दुर्घटनामा परेपछि अपांग भएका थिए जसको दैनिकी अहिले ह्विलचेयरमा बसेर बित्छ। दुर्घटनामा पर्नुअघि उनी स्वयं बसचालक थिए। उनले एक दशकभन्दा बढी सवारीचालक भएर काम गरे। यही कामका लागि विदेश पनि गए। फर्केर देशमा फेरि बसचालकका रुपमा काम गर्न थाले।

 पत्नी कमला सुवेदीका साथ गुल्मीका नवराज सुवेदी

बुटवलमा बस्दै आएका उनलाई जीवनभर यही पेसामा रहने र बुटवलमै घर बनाउने योजना थियो। तर सोचे जस्तो जिन्दगी चल्छ नै भन्ने कहाँ छ र? दुर्घटनापछि लामो समय अस्पतालमा बसे। अस्पतालबाट घर फर्कंदा उनको छातीमुनिको भाग नचल्ने भएको थियो। मेरुदण्ड तथा सुषुम्नाको पक्षाघात भएका नवराजको शरीरले बुटवलको गर्मी थेग्न सकेन। त्यसपछि पत्नी र एक छोरासहितको परिवार बुटवल बस्ने सपना त्यागेर तम्घास फर्कियो।

प्रायः हामी सानो सपनामा धक्का लाग्यो भनेर ठूलो चिन्ता लिन्छाैं। तर महत्त्वपूर्ण त जीवन हो। जीवनमा सपना त आउँछन्/जान्छन्। कति पूरा रहन्छन् त कति अधुरा छोडिन्छन्। सपना पूरा हुने र अधुरा रहने चक्करमै त जिन्दगी अघि बढ्छ। जीवनमा सपना टुट्छन्, तर हामीले विश्वास टुट्न दिनु हुँदैन।

‘दुर्घटना भएका बेला म बीए पढ्दै थिएँ’, नवराजकी पत्नी कमला सुवेदीले हामीसँग भनेकी थिइन्, ‘पढेर शिक्षिका बन्ने भन्ने थियो। तर उहाँलाई यस्तो भएपछि पढाइ पूरा भएन।’  कमला र नवराजको नौ वर्षको छोरा छन्। अचेल कमलाको धेरै समय नवराजको रेखदेखमै बित्छ। कुनै समय यात्रुलाई टाढाटाढाको गन्तव्य पुर्‍याउने नवराज आज आफैं हिँड्न सक्दैनन्। गुल्मी सदरमुकाम नजिकै २०७२ असोज १८ गतेको त्यो दुर्घटना सम्झेर नवराज कहिलेकाहीं दुःखी हुन्छन्। 

‘तर दुःख मानेर के हुन्छ ?’ नवराज आफैंलाई सम्झाउँछन्, ‘बितेको कुरा फर्केर आउँदैन।’ निश्चय नै दुःख मानेर के हुन्छ? थप दुःख मात्र हुन्छ। प्रायः हामी सानो सपनामा धक्का लाग्यो भनेर ठूलो चिन्ता लिन्छाैं। तर महत्त्वपूर्ण त जीवन हो। जीवनमा सपना त आउँछन्/जान्छन्। कति पूरा रहन्छन् त कति अधुरा छोडिन्छन्। सपना पूरा हुने र अधुरा रहने चक्करमै त जिन्दगी अघि बढ्छ। जीवनमा सपना टुट्छन्, तर हामीले विश्वास टुट्न दिनु हुँदैन। त्यसैले अपूरो सपना सम्झेर कहिलेकाहीं दुःखी हुुनु स्वाभाविक हो। तर सधैं निराशामा अल्झिनु भने उचित हैन।  

गुल्मीको भिरालो पहाडबाट झरेर हामी अर्काे अपांगताको कथाका लागि बर्दियाको राजापुर पुग्यौं। राजापुरको फाँटिलो भूगोलमा थिए महादेवप्रसाद धमला। ३१ वर्षअघि कैलालीको चिसापानीमा जन्मिएका महादेव २ वर्षसम्म ठिकै थिए। त्यसपछि भएको पोलियोले उनलाई सदाका लागि अपांग बनाएर गयो। 

‘समाजको सोच पनि अपांगताप्रति नकारात्मक छ’, महादेवले सुनाए, ‘बाहिरतिर जाँदाको संरचना पनि हाम्रो निम्ति सहज छैन।’ महादेवले अहिले पनि दुःख भोगिरहेकै छन्। दुःख भोग्नुपर्छ भन्नेमा उनी निश्चिन्त पनि छन्। खुट्टाले काम नगर्ने हुनाले उनी घर वरिपरि घस्रिएर हिँड्छन्। अहिले १२ कक्षाको अध्ययन पूरा गर्ने तरखरमा छन्। पहिले विद्यालय जाँदा पनि यसरी नै घस्रिएर जान्थे, इटहरीकी तृप्ता मगरले भैंm। ती दिन उनका लागि सहज थिएनन्। तर केही गर्नपर्छ भन्ने आत्मविश्वासले उनी घस्रिएर विद्यालय धाउने काम गरे। 

‘अहिले त यो ह्विलचेयरले सजिलो भएको छ’, उनी अलि टाढाको यात्रामा प्रयोग गर्ने ह्विलचेयर देखाउँदै भन्छन्।  तर ह्विलचेयर सबै ठाउँमा पुग्दैन। अझै पनि भौतिक संरचना अपांगमैत्री छैनन्। समाजका कति मान्छे महादेव धमला जस्ताले भोग्ने अप्ठ्यारोमा सहयोग गर्दैन। उल्टै विभिन्न आरोप लगाउँछ। यो कुरा सम्झेर दुःख लाग्छ महादेव धमलालाई, जुन कुरा उनको परिवारबाटै सुरु भएको थियो। 

जीवन सुन्दर सग्लो शरीरले मात्र नहुने रहेछ। जीवनलाई सार्थक बनाउन उच्च आत्मविश्वास चाहिने रहेछ। मनोबल भएपछि नीलम ढुंगानाले झैं मान्छे एक खुट्टामा छमछमी नाच्न सक्दारहेछन्। अनि सक्दा रहेछन्, बिना हातखुट्टा पनि अमिर बमजनले झै सुन्दर चित्र बनाउन। 

महादेव अहिले बर्दियाको राजापुरवासी हुन्। राजापुर उनको मामाको घर हो। मावली गाउँ आफ्नो हुनुमा आफ्नै बुबाको परिवारका सदस्यहरुको संकुचित सोचले भूमिका खेल्यो। उनलाई पोलियो भएकै समयतिर भारतमा मजदुरी गर्ने बुबाको पनि मृत्यु भयो। त्यसपछि बुबाका परिवारले महादेवलाई पूर्वजन्मको पाप भनेर दोष लगाउन थाले। आफू र आफ्नो छोराप्रतिको अवहेलना खप्न नसकेर आमाले उनलाई राजापुर लगिन्। 

राजापुरमा उनले बिताएको समय अब तीन दशक पुग्न लागेको छ। यो तीन दशकमा उनले धेरै घामपानी भोगे जो उनका लागि सहज थिएन। तर उनी आफू जस्तै अरुलाई पनि हौसला राख्न सुझाव दिन्छन्।  ‘संघर्ष जारी राखौं’, उनी भन्छन्, ‘यसले हामीलाई आउँदा दिनमा सुख दिन्छ।’

यी संघर्षशील अपांगता भएका व्यक्तिहरु भेट्दा लाग्यो– जीवन सुन्दर सग्लो शरीरले मात्र नहुने रहेछ। जीवनलाई सार्थक बनाउन उच्च आत्मविश्वास चाहिने रहेछ। मनोबल भएपछि नीलम ढुंगानाले झैं मान्छे एक खुट्टामा छमछमी नाच्न सक्दारहेछन्। अनि सक्दा रहेछन्, बिना हातखुट्टा पनि अमिर बमजनले झै सुन्दर चित्र बनाउन। 

प्रकाशित: Jun 11, 2021| 01:27 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...