बिहीबार, वैशाख १३, २०८१

न्याय खोज्दै बलात्कार पीडित परिवार

सुनसरीको देवानगञ्ज–२ की १७ वर्षीया किशोरी बलात्कार घटनाबाट पीडित छिन्। जेठ १७ गते स्थानीय २८ वर्षीय मनोज पासवानले उनलाई जवरजस्ती करणी गरे।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

विराटनगर– सुनसरीको देवानगञ्ज–२ की १७ वर्षीया किशोरी बलात्कार घटनाबाट पीडित छिन्। जेठ १७ गते स्थानीय २८ वर्षीय मनोज पासवानले उनलाई जवरजस्ती करणी गरे। खेतको कामका लागि घर बाहिर निस्केको समयमा पासवानले उनलाई मुख थुनेर बलात्कार गरेका थिए। पासवानले कसैलाई भने ज्यान मार्ने समेत धम्की दिएको पीडित बालिकाले बताएकी छिन्। 

triton college

पीडित १७ वर्षकी भए पनि उनी भर्खर बालकक्षामा भर्ना भएकी हुन्। उनलाई उजुर–बाजुरबारे कुनै ज्ञान छैन। स्थानीयले घटनाबारे थाहा पाएपछि जेठ १८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा उनले किटानी उजुरी दिइन्। उजुरी दिएपछि ऋषिदेव परिवार ज्याला मजदुरी काममा व्यस्त छ। पीडितका बुवाले प्रहरीमा उजुरी दिएपछिको अवस्थाबारे उनलाई जानकारी छैन। प्रहरी कार्यालयमा बुझ्न पनि पुगेका छैनन्। खेतीको काममा व्यस्त रहेको उनले बताए। 

घटनामा संलग्न पीडक भारत तर्फ भागेको उनले बताए। घटना भएको १० दिन बितेपछि उनी पक्राउ परेका छैनन्। पीडितका बुवाले भने, ‘छोरीले न्याय पाउनु पर्छ, गल्ती गर्नेलाई सजाय होस्।’ घटनापछि कसैले मिलापत्रका लागि भने दवाब नदिएको उनले बताए। उनले भने, ‘म केही जान्दिन, समाजले जे गर्छ, त्यो मान्छु।’ समाजले न्याय गर्नेमा उनी आशावादी पनि छन्। ‘एक्लैले भनेर नहुने, समाजले भनेको मान्नैपरो,’ उनले भने। 

दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको ऋषिदेवका तीन वटी छोरी छन्। पीडित बालिका सबैभन्दा जेठी हुन्। पीडित बालिकाले पीडक पासवानसँग कुनै प्रेम संवन्ध नरहेको बताएकी छिन्। 

देवानगञ्ज–२ का वडाध्यक्ष मजलुम मियाले पीडक घटनापछि फरार रहेकाले खोजी भइरहेको बताए। उनले घटना मिलापत्र गर्न कसैले पनि दवाव दिएको बारे आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘बलात्कारका घटनामा मिलापत्र हुनै सक्दैन।’ 

corrent noodles
Metro Mart

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीले पीडकको खोजी भइरहेको बताए। पीडकलाई कानुन अनुसार कारवाही गरिने डीएसपी कार्कीले बताए। 

दलित अधिकारको क्षेत्रमा कार्यरत रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्माले पनि घटनाको मिलापत्रबारे थाहा नभएको बताए। बलात्कारको घटना मिलापत्र हुनै नसक्ने उनले बताए। 
 

प्रकाशित: Jun 10, 2021| 03:10 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।