काठमाडौं- राफेल नाडानसँगै नोभाक जोकोभिच जारी फ्रेन्च ओपनको सेमिफाइनलमा पुगेका छन्। जोकोभिचले बुधबार रातिको खेलमा इटालीका माटिउ भेरेट्टेनीलाई हराउँदै क्वार्टरफाइनलमा जित निकालेका हुन्।
पाँच हजार समर्थक उपस्थित रंगशालामा सर्वियाका जोकोभचले लगातार दुई सेटमा जित निकालेका थिए। तर, प्रतिस्पर्धात्मक तेस्रो सेटमा भने भेरेट्ट्नीले जित निकाले थिए।
चौथो सेटमा जोकोभिचले पुनरागमन गर्दै खेल आफ्नो पोल्टामा परेका थिए। यससँगै खेल ६-३, ६-२, ६-७ (५-७) र ७-५ को सेटमा खेल जोकोभिचले जिते।
अब जोकोभिचले सेमिफाइनलमा आफ्नो निकट प्रतिद्वन्दी राफेल नाडालसँग खेल्नेछन्। जो १४औं पटक रोनाल्ड ग्यारोजको उपाधि जित्दै रेकर्ड बनाउन चहान्छन्।
अबको खेलमा यी दुई टेनिस स्टार ५८औं पटक भेट हुन लागेका हुन्। उनीहरूलेको विजेताले अर्को सेमिफाइनलमा भिड्दै गरेका ग्रिक खेलाडी स्टेफानो सिसिपास र जर्मन अलेक्जेन्डर जेरेभको विजेतासँग फाइनलमा भिड्नेछन।
यदि नाडालले उपाधि जितेमा उनी पुरुषतर्फ सर्वाधिक उपाधि जित्ने खेलाडीमा पर्नेछन्। नाडाल र रोजर फेडेररले सर्वाधिक समान २०-२० उपाधि जितेका छन् भने ३४ वर्षे जोकोभिचले १८ उपाधि जितेका छन्।