विराटनगर– प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन्।
संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेकी हुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताएकी हुन। उनले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाडोभन्दा चाडो प्रवन्ध गर्न आग्रह गरिन। मन्त्री राईले भनिन्,‘ केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस्।’
कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताईरहेकाले आवस्यक तयारी गर्न आवस्यक देखिएको उनले बताईन। तेश्रो लहरको पनि पुर्वतयारी आवस्यक रहेकोमा मन्त्री राईको जोड छ। कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उनले बताईन। प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनले बताईन।
मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपुर्तीमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवस्यक रहेकोमा जोड दिईन। उनले प्रदेश १ का सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराईन। मन्त्री राईले भनिन्,‘ प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरि अघि बढेका छौं।’ सवै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरि पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको उनले बताईन। उनले भनिन्,‘ एचडियू, आईसीयू, भेन्टिलेटर, आवस्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुनेछ।’
विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरि विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनले बताउनुभयो। भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो।