बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनको निर्णय फाइल ७ दिनभित्र पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

संसद् विघटनको निर्णय फाइल ७ दिनभित्र पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, प्रधानमन्त्रीको सिफारिस समेत पेस गर्न आदेश जारी गरेको छ। 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णयको फाइल ७ दिनभित्र अदालतमा पेस गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक ईजलासले बुधबार राष्ट्रपतिक कार्यालयका नाममा यस्तो आदेश जारी गरेको हो। 

triton college

सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, प्रधानमन्त्रीको सिफारिस समेत पेस गर्न आदेश जारी गरेको छ। 

'प्रतिनिधि सभा विघटनसम्बन्धी मिति २०७८/०२/०७ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीले गर्नु भएको सिफारिस, तदनुसार राष्ट्रपतिबाट भएको निर्णयसम्बन्धी फाइल कागजातर सम्बन्धि कार्यालयहरूबाट आजका मितिले ७ दिनभित्र अनिवार्य रूपमा झिकाइ मिसिल सामेल राख्नू,' इजलासले जारी गरेको आदेशमा भनिएको छ। सर्वोच्चले उक्त म्यादमा कुनै पनि थप नहुने समेत प्रष्ट पारेको छ।

प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा अब असार ९ गतेदेखि नियमित सुनुवाइ हुनेछ।

प्रकाशित: Jun 09, 2021| 11:35 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।