मंगलबार, वैशाख ११, २०८१

नेपालको चुच्चे नक्सा नभएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

कालापानी लिपुलेक र लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रकाशन गरी बिक्रीवितरण गर्ने पुस्तक प्रकाशक र बिक्रेतालाई हदैसम्मको कारबाही गर्न मन्त्री श्रेष्ठको निर्देशन छ। केही प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको भन्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन जारी गरेका हुन्। 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सरकारले जारी गरेको नयाँ नक्सा (लिम्पियाधुरासहितको चुच्चे नक्सा) नराखी पुरानो नक्सा राखेर छापिएका विद्यालय तहका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन्। पाठ्यक्रम विकास तथा मूल्याङ्‌कन परिषद्को‌ ८८औं बैठकमा बुधबार मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्। 

triton college

कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रकाशन गरी बिक्रीवितरण गर्ने पुस्तक प्रकाशक र बिक्रेतालाई कारबाही गर्न मन्त्री श्रेष्ठको निर्देशन छ। केही प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको भन्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन जारी गरेका हुन्। 

केन्द्रका पदाधिकारीहरूलाई निर्देशन दिँदै मन्त्री श्रेष्ठले भने, ‘तपाईंहरूले अनुगमन गर्नुस्, देशलाई आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्।’

यसअघि नै शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यसामग्रीमा नेपालको नयाँ नक्सा छापी वितरणका लागि तयारी गरेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरी लिम्पियाधुरा समेटिएको नेपालको नक्सा भएका पाठ्यसामग्री वितरणमा रोक लगाएका थिए।

प्रकाशित: Jun 09, 2021| 10:38 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्