बिहीबार, वैशाख १३, २०८१

बजारमा उपभोग गर्न अयोग्य दूध ! यस्तो छ मापदण्ड 

पत्रकार केपी ढुंगानाले दूध तताएपछि फाटेको एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि बजारमा बिक्री भइरहेको दूधको गुणस्तरमाथि शंका उब्जेको छ। उनले गौरीघाटमा रहेको एउटा निजी डेरीबाट खुला दूध दुई लिटर किनेको र त्यसमध्ये एक लिटर फाटेको बताएका छन्।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं– पत्रकार केपी ढुंगानाले दूध तताएपछि फाटेको एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि बजारमा बिक्री भइरहेको दूधको गुणस्तरमाथि शंका उब्जेको छ। उनले गौरीघाटमा रहेको एउटा निजी डेरीबाट खुला दूध दुई लिटर किनेको र त्यसमध्ये एक लिटर फाटेको बताएका छन्।

triton college

बजारमा उपलब्ध दूध गुणस्तरहीन निस्किएको यो पहिलोपटक भने होइन। उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना दाबी गर्छन्– ‘नियामक निकायले ध्यान दिएर अनुगमन र परीक्षण गर्ने हो भने मापदण्डविपरीतको दूध छ्यापछ्याप्ती पाइन्छ।’

तिमिल्सिनाको दाबी पुष्टि गर्ने आधार नियामक खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै कर्मचारीहरुको भोगाइ पनि छ। गत चैत अन्तिम साता विभागका खाद्य निरीक्षक इश्वर सुवेदीले पनि दूधमा अस्वाभाविक लक्षण भेटाएका थिए। उनले दुग्ध विकास संस्थान (डीडीसी)को दूध चियामा उपभोग गर्दा गन्ध आएको महसुस गरेको बताएका छन्। त्यसपछि उनले परीक्षणका लागि दूध कार्यालयमा लिएर गए। करिब एक महिनापछि आएको रिपोर्टमा दूधमा फ्याटको मात्रा मापदण्ड विपरीत रहेको पाइयो। डीडीसीको बालाजु प्लान्टले धुलो दूधबाट बनाएको प्याकेट दूधमा अत्यधिक पानी मिसाएका कारण चिल्लो पदार्थको मात्रा अत्यन्तै कम पाइयो।

काठमाडौं महानगरपालिकाले गत असोजमा गरेको अनुगमनमा समेत डीडीसीको दुग्ध उत्पादन बटरमा कैफियत पाइएको थियो। बालाजु प्लान्टमै गरिएको अनुगमनमा महानगरपालिकाको अनुगमन टोलीले म्याद नाघेका बटर फेला परेको थियो। ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी व्यवसायीको मुट्ठीभित्र भएकाले यिनिहरुले कैफियत पाइएकामा पनि जोगाउने काम गर्दै आएका छन्, कारवाही गर्दैनन्,’ उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन भन्छन्, ‘सरकारी उत्पादनबाटै उपभोक्ताको ज्यानमाथि खेलावाड हुँदा समेत कुनै कारवाही गर्न सकेको छैन।’

corrent noodles
Metro Mart

अनुगमन गरी कारवाही र जरिवाना गर्नमा खाद्य प्रविधि तथा गुणस्तर विभागले चरम लापरवाही गरिरहेको महर्जनको भनाइ छ। ‘नुनकै कुरामा पनि गुणस्तरहीन पाइएको रिपोर्ट मलाई दियो। तर, कारवाही पनि कुनै गरेन। दूधको सन्दर्भमा पनि ठ्याक्कै यही गरिराखेको छ,’ महर्जनले भने।

कारवाही गर्नबाट पन्छिँदै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधमा कैफियत पाइए उजुरी गर्न आग्रह गरेको छ। विभागका प्रवक्ता मोहनकृष्ण महर्जन डीडीसीको दूधमा पाइएको कैफियतका सन्दर्भमा आफूलाई जानकारी नरहेको बताउँदै पछिल्लो समयको घटनाका सम्बन्धमा उजुरी गर्न आग्रह गर्छन्। ‘डीडीसीको सन्दर्भमा म अपडेट छैन। माथिल्लो तहमै बुझ्नुपर्छ,’ उनले भने।

व्यवसायीको बचाउमा महानिर्देशक

विभागका महानिर्देशक उपेन्द्र राय कैफियत अनुसार कारवाही भइरहेको दाबी गर्दै व्यवसायीको बचाउमा खरो उत्रिन्छन्।  पत्रकार ढुंगानाले अपलोड गरेको भिडियोको सन्दर्भमा दूधमा त्यस्तो रेसादार वस्तु हुनै नसक्ने दावी महानिर्देशक रायको छ। ‘के कारणले त्यस्तो हुन गयो, भिडियोकै आधारमा हामीले भन्न सक्दैनौं,’ रायले भने, ‘भिडियोमा देखिएको जस्तो कुरा दूधमा हुनै सक्दैन। कुन ब्राण्डको दूधबाट त्यस्तो निस्केको होला? मैले त कल्पना पनि गर्न सक्दिन्नँ।’

भिडियोबाटै भन्न सक्ने अवस्था नभएकाले भिडियोमा देखिएको वस्तु पठाउन लगाइदिन रायले आग्रह गरेका छन्। ‘मलाई त्यो वस्तु पठाउन लगाइदिनुस् प्रयोगशालामा परीक्षण गर्नको लागि। परीक्षण गरेर मात्रै कुनै निष्कर्षमा पुग्न सक्छौं।’

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार विभागले परीक्षण गर्ने र मापदण्ड अनुसार नभएमा त्यो वस्तु दूध नहुन सक्ने राय बताउँछन्। आफूहरुले थाहा पाउनु भनेकै उजुरीसरह रहेको भन्दै रायले कैफियत पाइएमा कारवाही गर्ने आश्वासन दिए। डीडीसीको बटरको सम्बन्धमा मुद्दा चलिरहेको भन्दै उनले सो सम्बन्धमा थप बोल्न आवश्यक नरहेको बताए।

के हो दूधको मापदण्ड?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार बजारमा खुला रुपमा उपलब्ध रहेको दूधको कुनै पनि मापदण्ड अहिलेसम्म निर्धारण गरिएको छैन। ‘खुला दूधको मापदण्ड छैन। मापदण्ड बनाउने गरी छलफल चलाइराखेका छौं,’ उनले भने।

प्याकेटको दूधमा भने ३ प्रतिशत चिल्लो पदार्थ, ८ प्रतिशत सोलिड नट फ्याट (ठोस पदार्थ) हुनुपर्ने मापदण्ड रहेको महर्जनको भनाइ छ। प्याकेटमा रहेको दूधमा ८९ प्रतिशत पानीको मात्रा हुने गरेको उनले बताए। ‘मानौं ५०० मिलिलिटरको दूधमा त्यति तौल छैन, ३ प्रतिशत फ्याट छैन र ८ प्रतिशत ठोस पदार्थ छैन भने त्यो मापदण्ड विपरित हुन्छ,’ महर्जनले भने, ‘यस्तो पाइयो भने खाद्य ऐन अनुसार कारवाही गर्छौं।’

प्रकाशित: Jun 09, 2021| 08:26 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।