शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश-२ : कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन मन्त्रालय फुटाएर १० पुर्‍याइयो

प्रदेश-२ : कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन मन्त्रालय फुटाएर १० पुर्‍याइयो

कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय टुक्र्याउन लागेका हुन्। मन्त्री यादवका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर २–२ वटा बनाइएको छ। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

जनकपुरधाम- प्रदेश २ सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएपछि मन्त्रालयको संख्या १० वटा बनाइएको छ। दुई दललाई सरकारमा सहभागी गराउन सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६ वटा मन्त्रालयलाई फुटाएर १० वटा बनाउने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

triton college

कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय टुक्र्याउन लागेका हुन्। मन्त्री यादवका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई टुक्र्याएर २–२ वटा बनाइएको छ। 

यीमध्ये भौतिकबाट टुक्र्याइएका दुवै मन्त्रालय र अर्को एक रोजाइअनुसारको मन्त्रालय नेपाली कांग्रेसलाई दिने तयारी गरिएको छ भने अर्को एउटा मन्त्रालय माओवादी केन्द्रलाई दिइनेछ। बाँकी दुई मन्त्रालय राउत आफैं मातहतमा राख्नेछन्।

मुख्यमन्त्री राउत निकट स्रोतका अनुसार कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गरेर बुधबार नै मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी छ।

प्रकाशित: Jun 08, 2021| 15:19 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।