रुस - विश्वकप फुटबल अर्न्तगत शुक्रबारको दोस्रो खेलमा मोरक्कोले गरेको आत्मघाती गोलले इरान विजयी भएको छ ।
मोरक्कोका खेलाडीले गरेको आत्मघाती गोलको मद्दतमा इरान विजयी भएको हो । थपिएको ६ मिनेटको अन्तिम समयमा मोरक्कोका २० नम्बर खेलाडी इजज वोउहद्जले आत्मघाती गोल गरेपछि इरान विजयी भएको हो ।
यो जितसँगै इरानले महत्वपूर्ण ३ अकं बटुलेको छ । निकै घम्साघम्सी रहेको खेलमा दुवै टोलीले ९० मिनेटसम्म कुनै गोल गर्न सकेका थिएनन्। अन्तिममा थपिएको पाँचौं मिनेटमा मोरक्कोले गोलको उपहार दिएपछि इरानको यात्रा सहज बनेको हो ।
निकै रफ खेलेका दुवै टोलीका खेलाडीले पँहेलो कार्ड पाएका थिए । जसमा इरानका तीन खेलाडी र मोरक्कोका एक जनाले पँहेलो कार्ड पाएका हुन् ।
खेलका क्रममा मोरक्कोले २२ फल गरेको हो भने इरानले १४ फल गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४