काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं एमाले केन्द्रीय सदस्य सूर्य थापाले माधवकुमार नेपालका सर्त स्वीकारेर एकता नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्विटमा आफ्नो धारणा राख्दै उनले अब जेठ २ को रटानको अध्याय सकिएको बताएका छन्।
‘माधवकुमार नेपालका सर्त स्वीकारेर त एकता हुँदैन। यी सर्तमा नेपाल गुटसँग होइन। देउवाको कांग्रेससँग बरू एकता होला,’ उनले भनेका छन्। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ भन्दै अब ल्याङल्याङ अति भएको बताएका छन्। ‘अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं। असम्भव कोशिस छोडौं,’उनले लेखेका छन्।