शुक्रबार, वैशाख १४, २०८१

भैरहवाका सडकमा बुद्धका मूर्ति राखिँदै

बुद्धको नगरीको रुपमा पहिचान झल्काउने गरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकमा बुद्धको मूर्ति राख्न थालिएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

बुटवल- बुद्धको नगरीको रुपमा पहिचान झल्काउने गरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकमा बुद्धको मूर्ति राख्न थालिएको छ।

triton college

भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।

लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालयअन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट पहेंलो धातुले लेपन गरिएका मेटलका मूर्ति राखिएको हो।

बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने योजना रहेको बुद्धमूर्ति उपभोक्ता समितिका अध्यक्ष भरतकुमार पोखरेलले बताए।

‘सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियानअन्तर्गत मूर्ति राख्न थालिएको हो, यसले नगरको सुन्दरतासँगै पर्यटकलाई स्वागत पनि गर्नेछ’ उनले भने।

corrent noodles
Metro Mart

डेढ महिनाअघि मात्रै उपभोक्ता समिति गठन गरेर मूर्ति राख्न थालिएको हो। कोरोना महामारीका कारण काममा ढिलाइ भएको भन्दै रातदिन नभनी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम भइरहेको अध्यक्ष पोखरेलले बताए।

अघिल्लो वर्षमा सिद्धार्थनगरमा भैरहवाको अञ्चलपुरदेखि बेलहिया बाइपास सडकसम्म बुद्धमूर्ति राखेको थियो। त्यसबेला नगरले ४६ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने उपभोक्ता समितिले विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर मूर्ति व्यवस्थापनको काम गरेको थियो।

प्रकाशित: Jun 07, 2021| 12:46 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।