शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : विनियोजन विधेयक पेस, स्वास्थ्य र रोजगारीमा बजेट केन्द्रित हुने

प्रदेश २ : विनियोजन विधेयक पेस, स्वास्थ्य र रोजगारीमा बजेट केन्द्रित हुने

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्यमा विशेष केन्द्रित रहने बताएका छन्। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

जनकपुरधाम- प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्यमा विशेष केन्द्रित रहने बताएका छन्। 

triton college

सोमबार बसेको प्रदेशसभाको बैठकमा विनियोजन विधेयक २०७८ प्रस्तुत गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेट कोरोना महामारीका कारण धाराशायी बनाएको प्रदेशको अर्थतन्त्र तथा स्वास्थ्य क्षेत्रलाई उकास्न केन्द्रित रहने स्पष्ट पारे।

मौलिक हकको रुपमा रहेको स्वास्थ्यसम्बन्धी हकको कार्यान्वय गर्न तथा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न अवस्थाको नियन्त्रण, रोकथाम र उपचार तथा भविष्यमा आउन सक्ने यसप्रकारको महामारीविरुद्ध लड्न स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लक्ष्य लिइएको उनले बताए।

संघ र स्थानीय सरकारसँग समन्वय गरी प्रदेशका सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउन बजेट विनियोजन गर्न लागेको उनले बताए। कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि प्रोत्यासनको व्यवस्था गर्न लागेको मन्त्री यादवको भनाइ छ।

मुलुकको पन्ध्रौं आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनतासमक्ष गरिएका प्रतिबद्धतालाई पूरा गन प्रदेश सरकार अडिग रहेको मन्त्री यादवले बताए।

corrent noodles
Metro Mart

मन्त्री यादवले विगतका वर्षहरुमा घोषणा गरी कार्यान्वयनमा ल्याइएका प्रादेशिक महत्वका योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयनमा लैजाने गरी आर्थिक वर्ष २०७८/७९ को बजेट केन्द्रित हुने तथा कोरोनाको दोस्रो लहर चलिरहेकोले नागरिकको जीवन रक्षा गर्न गुणस्तरीय एवं सहज स्वास्थ्य सेवा सुनिश्चित गर्नेगरी बजेट ल्याउने तथा वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिहरुको पूँजी, सिप, ज्ञान र क्षमतालाई उपयोग गर्नेगरी प्रदेशमा रोजगारीको अवसरहरु सिर्जना गरिने बताए। 

मन्त्री यादवले विनियोजन विद्येयक प्रस्तुत गर्दै भने, ‘प्रदेशवासीहरुको गुणस्तरीय शिक्षा प्राप्त गर्ने मौलिक हकको प्रत्याभूति गर्न सामुदायिक विद्यालयहरुको पूर्वाधार निर्माण, शैक्षिक सामग्रीहरुको व्यवस्थापन तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न सार्वजनिक-नीति-साझेदारीको अवधारणालाई जोड दिन्छौँ।’

प्रदेशको मानव विकास सुचकांकलाई बढोत्तरी गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइलगायततर्फ आगामी वर्षको बजेट केन्द्रित हुने उनले बताए।

प्रकाशित: Jun 07, 2021| 12:19 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।