काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल बूढानीलकण्ठ पुगेका छन्।
परिवर्तित राजनीतिक अवस्था र विपक्षी गठबन्धनको आगामी रणनीतिबारे नेपाली कांग्रेससँग छलफल गर्न उनीहरु सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेका हुन्।
आफ्नो समूहको स्थायी कमिटी बैठक सकेर नेपाल सोझै बूढानीलकण्ठ पुगेका थिए। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले असन्तुष्ट समूहलाई सहमतिमा आउन आग्रह गर्दै हिजो आइतबार ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि आवश्यक रणनीति तय गर्न गठबन्धनका तीन नेता छलफलमा जुटेका हुन्।