काठमाडौं- पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
सोमबार बिहान कराँचीबाट छुटेको मिल्लत एक्सप्रेस रेल र रावलपिण्डीबाट छुटेको सर सैयद एक्सप्रेस रेल आपसमा ठोक्किँदा रेल दुर्घटना भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
पाकिस्तानी पत्रिका डनका अनुसार दुर्घटना सिन्धु प्रान्तको घोट्कीमा भएको हो। दुर्घटनामा कम्तीमा ५० जना घाइते भएको डनले उल्लेख गरेको छ।
रेल आपसमा ठोक्किएर लिक बाहिर गएको र के कति कारणले ठोक्किन पुगे कारण खुल्न नसकेको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।