काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता प्रस्ताव आह्वान गरे लगत्तै दुईजनाबीच भएको भेटवार्तालाई अर्थपूर्णरूपमा हेरिएको छ।
आजै एमालेको माधव-झलनाथ पक्षका स्थायी कमिटीका नेताहरूबीच छलफल हुँदैछ। त्यसको पूर्व सन्ध्यामा नेता नेपाललाई भेट्न दाहाल उनको निवास पुगेका थिए।
करिब १० मिनेट मात्रै भएको भेटवार्तामा के-के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन। तर, आगामी रणनीति कसरी तय गर्ने भन्ने विषयमा नै छलफल भएको बुझिएको छ।