शनिबार, वैशाख ८, २०८१

एमाले नेपाल समूहले डाक्यो स्थायी कमिटी बैठक

सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावबारे छलफल गर्न माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक डाकेको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावबारे छलफल गर्न माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक डाकेको छ। 

नेपाल पक्षले ओलीको प्रस्तावमाथि छलफल गरी थप रणनीति तय गर्न सोमबार स्थायी कमिटी बैठक डाकेको एक नेताले नेपाल समयलाई जानकारी दिए। ती नेताले स्थायी कमिटी बैठकपछि ओलीको प्रस्तावबारे सामूहिक धारणा आउने बताए।  ओलीले आइतबार एकताका लागि प्रस्ताव आह्वान गरेपछि नेपाल समूहका नेताबाट मिश्रित प्रतिक्रिया आएका छन्।

नेता युवराज ज्ञवालीले ओलीको अपिलमा ०७५ जेठ २ मा फर्किन नखोजेको प्रस्ट रहेको प्रतिक्रिया दिएका छन् भने रामकुमारी झाँक्रीले ओलीको छलछामपूर्ण तिकडम मात्र भएको बताएकी छन्। यस्तै योगेश भट्टराईले भने ओलीको प्रस्तावको स्वागत गरेका छन्। अध्यक्ष ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा लैजाने लगायतका ६ बुँदे सर्त राखेका छन्।
 

प्रकाशित: Jun 06, 2021| 17:39 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।