शनिबार, वैशाख ८, २०८१

नेपाल-भारत सुरक्षा बैठक : कोरोना, बाढी र डुबानबारे छलफल

नेपाल-भारत संयुक्त सुरक्षा बैठक कोरोना महामारी नियन्त्रण, सम्भावित बाढी र डुबानको जोखिमका विषयमा केन्द्रित भएको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

विराटनगर- नेपाल-भारत संयुक्त सुरक्षा बैठक कोरोना महामारी नियन्त्रण, सम्भावित बाढी र डुबानको जोखिमका विषयमा केन्द्रित भएको छ। 

triton college

भर्चुअल माध्यमबाट आइतबार बसेको बैठक अन्तरदेशीय अपराध नियन्त्रणमा पनि केन्द्रित रहेको थियो। कोरोना महामारी नियन्त्रणका लागि आपसी सहकार्य एवं साझा प्रयास आवश्यक रहेको निस्कर्ष निकाल्दै बैठकमा दुवै देशका सुरक्षा अधिकारीले एकअर्कामा सहयोग अदानप्रदान गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। 

कोरोनाका कारण निम्तिएको मानवीय संकट र त्यसको न्यूनीकरणका विषयमा पनि बैठकमा छलफल भएको सुरक्षा स्रोतले बतायो। सुरक्षा अधिकारीहरुले कोरोना संक्रमण अहिलेको मुख्य चुनौती रहेको भन्दै नियन्त्रणका लागि साझा प्रयास आवश्यक रहेको औंल्याए। संयुक्त बैठकमा कोरोना नियन्त्रणका सवालमा देखिएका समस्या र चुनौतीलाई पन्छाउँदै अघि बढ्ने सहमति भएको छ।

कोरोना थप फैलन नदिन दुई देशीय सीमा नाकामा थप कडाइ तथा सीमा क्षेत्रबाट भइरहेको आवतजावतलाई पूर्ण रुपमा नियन्त्रण गर्ने, आपसी सहयोग र सहकार्यलाई प्राथमिकतामा राखेर साझा प्रयासमा केन्द्रित हुने, सूचनाको आदानप्रदान गर्ने, सीमा कडाइलाई यथावत राख्नेलगायतका विषयमा बैठकमा छलफल भएको छ। बैठकमा दुई देशका अधिकारीले अन्तरदेशीय अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता दोहोर्‍याएका छन्। 

सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा अपराध, मानव तस्करी, लागुऔषध, हतियार र मदिराको ओसारपसारलगायत मानवताविरुद्धका सबै अपराध नियन्त्रण तथा सीमा व्यवस्थापनमा साझा प्रतिबद्धता बैठकमा जनाइएको हो। त्यस्तै बर्खाका समयमा हुनसक्ने सम्भावित बाढी र डुबानको जोखिम न्यूनीकरणका विषयमा पनि बैठक केन्द्रित भएको थियो। बर्खामा हुने बाढी र डुबानको समस्याको समाधान एवं जोखिम न्यूनीकरणका लागि तयारीमा लाग्ने योजना बैठकबाट बनेको छ।  

corrent noodles
Metro Mart

बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ पौडेल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी प्रमुख माधव पौडेल सहभागी भएका थिए। भारतका तर्फबाट बिहार राज्यको अररिया जिल्लाका डीएम (जिल्ला प्रमुख) प्रशान्त सी.एच र एसपी हृदयकान्त सहभागी भएका थिए। 

प्रकाशित: Jun 06, 2021| 13:12 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।