शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाही गर्न माग

राउटे युवतिमाथि यौन दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाहीको माग गरिएको छ।
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

सुर्खेत- राउटे युवतिमाथि यौन दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारबाहीको माग गरिएको छ।

triton college

दैलेखको गुराँस गाउँपालिका र जनजाति महासंघ सुर्खेतले दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन्। गाउँपालिकाका अध्यक्ष खेमराज वली र जनजाति महासंघ सुर्खेतका अध्यक्ष जीवनकुमार शाक्यले विज्ञप्ति जारी गर्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका हुन्।

‘फिरन्ते जीवन बिताइरहेको राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेकोप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गर्दछौं।’

फिरन्ते जीवन विताउने भए पनि राउटे समुदायले गुराँस गाउँपालिका–८ का स्थायी वासिन्दाको रुपमा परिचयपत्र लिएका छन्। राउटेहरुको संरक्षण र भत्ता वितरणलाई व्यवस्थित बनाउन गाउँपालिकाले केही वर्षअघि मात्रै राउटे समुदायलाई परिचयपत्र दिएको थियो।

प्रकाशित: Jun 06, 2021| 09:54 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।