शुक्रबार, वैशाख १४, २०८१

मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगका २ सञ्चालक पक्राउ

पक्राउ पर्नेहरूमा संचालकद्वय ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका-१४ घर भएका ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा रहेका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

ललितपुर- मापदण्डविपरीत स्यानिटाइजर उत्पादन तथा बिक्री गरेको अभियोगमा ललितपुरबाट उद्योग सञ्चालकद्वय पक्राउ परेका छन्। 'ओम निरमाया हेल्थकेयर प्रालि' ग्वार्को महालक्ष्मी ललितपुरका २ जना सञ्चालकलाई मापदण्डविपरीत उत्पादन गरेको २ सय ४० लिटर स्यानिटाइजरसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

triton college

पक्राउ पर्नेहरूमा संचालकद्वय ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने मोरङ विराटनगर उपमहानगरपालिका-१४ घर भएका ४४ वर्षीय अमित ताम्राकार र ललितपुर महानगरपालिका-५ महालक्ष्मीस्थान बस्ने ४३ वर्षीय निरेश थापा रहेका छन्।

हेल्थ केयरबाट कमसल सञ्जीवनी लिक्विड इन्स्ट्यान्ट स्यानिटाइजर उत्पादन गरी बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूउपर कालोबजारी तथा केही अन्य सामाजिक अपराध र सजाय ऐन, २०३२ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ।

प्रकाशित: Jun 05, 2021| 12:45 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्