शनिबार, वैशाख ८, २०८१

माग सम्बोधन भएपछि सरकारमा गएका हौं- महन्थ ठाकुर

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुका माग सम्बोधनको प्रक्रियामा अघि बढेपछि सरकारमा सहभागी भएको बताएका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुका माग सम्बोधनको प्रक्रियामा अघि बढेपछि सरकारमा सहभागी भएको बताएका छन्।

triton college

पार्टीको तर्फबाट मन्त्री बनेकाहरुलाई बधाई र शुभकामना दिन पार्टी कार्यालय बबरमहलमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘ओलीजीले पहिलेदेखि नै सरकारमा सहभागी हुन आग्रह गरिरहनुभएको थियो, ‘उनले भने, ‘हामीले माग सम्बोधन हुनुपर्‍यो भनेका थियौं। अहिले माग सम्बोधन अघि बढेपछि सरकारमा सहभागी भएका हौं।’

उनले सरकारमा सहभागी भएर आफूहरुका अन्य माग पूरा गराउनका लागि काम गर्ने बताए।

संविधान संशोधन गर्नका लागि कार्यदल गठन भएको, नागरिकतासम्बन्धी अध्यादेश पनि जारी भएको भन्दै उनले अब मुद्दा लागेका नेता कार्यकर्ताहरुको रिहाइका लागि पनि काम अघि बढ्ने बताए। उनले प्रधानमन्त्री ओलीले आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधनमा सकारात्मक भएर लागेपछि समर्थन गरिएको बताए।

‘ओलीजीले सक्ने जति काम मैले गर्छु। जेलमा रहेकाहरुको हकमा कानुनबमोजिम हुन्छ भनेर भन्नुभएको छ, ‘उनले भने, ‘त्यसमा अब बाँकी प्रक्रिया अघि बढ्छ होला।’

corrent noodles
Metro Mart

प्रकाशित: Jun 05, 2021| 11:48 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।