शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति वामदेव गौतमको आपत्ति

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति वामदेव गौतमको आपत्ति

नेकपा एमालेका नेता वामदेव गौतमले नवनिर्वाचित उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

काठमाडौं- नेकपा एमालेका नेता वामदेव गौतमले नवनिर्वाचित उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।

triton college

उपप्रधानमन्त्री पदमा शपथ ग्रहण गरेको केही समयमै महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा आफू अत्यन्त दुखी भएको नेता गौतमले बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै गौतमले राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्नेसमेत उल्लेख गरेका छन्। ‘नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन।’ 

गौतमले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा प्रधानमन्त्री ओलीले अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएकोसमेत बताएका छन्।

उनले भनेका छन्, ‘राजेन्द्र जीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ। प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्यचकित भएको छु।’

corrent noodles
Metro Mart

यसअघि योगेश भट्टराईले पनि महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका थिए।

प्रकाशित: Jun 05, 2021| 09:47 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।