शनिबार, वैशाख ८, २०८१

हुम्लामा भेटिए लक्षणबिनाका काेराेना संक्रमित

हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षणबिनाका सङ्क्रमितहरू देखिन थालेका छन्।
 |  शनिबार, जेठ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २२, २०७८

हुम्ला- हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षणबिनाका सङ्क्रमितहरू देखिन थालेका छन्। दोस्रो लहरपछि यहाँ लक्षणबिनाका बिरामी देखिन थालेका हुन्।

triton college

एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भए पनि १० दिन आइसोलेसनमा बस्दा संक्रमितहरूमा कुनै लक्षण देखिएकाे छैन। 

संक्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरू लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए।

कोरोना भएर आइसेलेसनमा बस्दै आएका संक्रमित ९ देखि १० दिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताए। 

जिल्लाका सातवटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार २०० जनाको परीक्षण गर्दा १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसमा १२४ जनामा लक्षण नदेखिएको उनकाे भनाइ छ। 

corrent noodles
Metro Mart

कोरोना पुष्टि भएका मध्ये ६ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले बताए। रासस

प्रकाशित: Jun 05, 2021| 01:23 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।