शनिबार, वैशाख ८, २०८१

प्रदीप ज्ञवालीको खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ

परराष्ट्रमन्त्रीबाट पदमुक्त भएका प्रदीप ज्ञवालीले आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ र ६० पैसा  बचत रहेको जानकारी दिएका छन्।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– परराष्ट्रमन्त्रीबाट पदमुक्त भएका प्रदीप ज्ञवालीले आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ र ६० पैसा  बचत रहेको जानकारी दिएका छन्।

triton college

पदबाट मुक्त भएपछि सामाजिक सञ्जालमा धन्यवाद ज्ञापन गर्दै उनले तीन वर्षे कार्यकालमा आफ्ना तर्फबाट विदेश  भ्रमणबापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी ९ लाख ३४ हजार ९३० पार्टी खातामा जम्मा भएको जनाएका छन्। यस्तै उनले पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला गरेका छन्। 

केही घरायसी सामान एवं दुई सय जति पुस्तक खरिद गरेको बाहेक मन्त्री बने लगत्तै सार्वजनिक आफ्नो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको पनि उनले स्पष्ट पारेका छन्। उनले आफूले प्रयोग गर्दै आएका सवारीसाधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेका छन् भने पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने जानकारी गराएका छन्। 

ज्ञवालीले करिब सवा तीन वर्ष परराष्ट्रमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्ने अवसर दिकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, ‘दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार, मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु।’  यस्तै उनले  गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 04, 2021| 17:42 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।