शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बुद्धको ७२ सिटे जहाजले गर्‍यो तुम्लिङटार विमानस्थलमा सफल परीक्षण उडान

बुद्धको ७२ सिटे जहाजले गर्‍यो तुम्लिङटार विमानस्थलमा सफल परीक्षण उडान

उनका अनुसार यसअघि काठमाडौंबाट तुम्लिङटारमा ५ हजार ८०० भाडा रहेकोमा ठूलो जहाजबाट उडान शुरु भएसँगै रु तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ। तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं- बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले संखुवासभाको तुम्लिङटार विमानस्थलमा सफल परीक्षण उडान गरेको छ। यसअघि एटीआर–४२ र बिचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट उक्त विमानस्थलमा परीक्षण उडान गरेको हो।

triton college

बुद्धले नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारी, एयरका अपरेसन तथा टेक्निकल टिमले परीक्षण उडान गरेको जनाइएको छ। ७२ सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए।

उनका अनुसार यसअघि काठमाडौंबाट तुम्लिङटारमा ५ हजार ८०० भाडा रहेकोमा ठूलो जहाजबाट उडान शुरु भएसँगै रु तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ। तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ।

हाल तुम्लिङटार विमानस्थलमा बुद्धले ४२ सिट क्षमताको एटीआर जहाज र यती एयरलाइन्सले २५ सिट क्षमताको जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएका छन्। कोरोना महामारी सकिएर नियमित उडान सुरु भएपछि उक्त विमानस्थलमा ७२ सिट क्षमताका जहाजबाट उडान सुरु हुने बुद्धले जनाएको छ।

९ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र दुई वटा बिचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक १०० उडान गर्दै आएको छ। बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइटसमेत गरिरहेको छ। -रासस

corrent noodles
Metro Mart

प्रकाशित: Jun 04, 2021| 14:33 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्