काठमाडौं- नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाखभन्दा कम भएको छ। विगत २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएसँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
संक्रमण हुनेका तुलनामा संक्रमणमुक्त हुने बढी हुँदै गएपछि सक्रिय संक्रमितको संख्या घटेको हो। शुक्रबार देशभर ६ हजार ६५३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बैसाख २९ गतेयता नेपालमा संक्रिय संक्रमितको संख्या लगातार १ लाखभन्दा बढी रहँदै आएको थियो। बिहीबार १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित थिए।
अहिलेसम्म नेपालमा ५ लाख ८१ हजार ५६० जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये ४ लाख ७६ हजार १३० जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ७३१ जनाको मृत्यु भएको छ।