गरुडा- रौतहटमा गरुडा नगरपालिकाले कोरोना संक्रमणबाट १५ दिनको फरकमा दुई जना वडाध्यक्ष गुमाएको छ।
नगरपालिकाले वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवरराय यादवलाई गुमाएको जनाएको छ।
सिभिल अस्पताल काठमाडौमा उपचाररत ६० वर्षीय सहनीको गएराती निधन भएको हो। सोही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय यादवको करिव १५ दनि अघि संक्रमणबाटै मृत्यु भएको थियो।
गरुडा नगरपालिकाकी उपमेयर रंगीलादेवीले शोक वक्तव्य जारी गर्दै सहनी र यादवको आत्माको चिर शान्तिको कामना गरेकी छन्।