शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्दै कोकाकोला फाउन्डेसन 

अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्दै कोकाकोला फाउन्डेसन 

कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाइ सहयोग गरेको छ ।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

काठमाडौं– कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाइ सहयोग गरेको छ ।

triton college

यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक हो । यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको जनाएको छ ।

यो दुवै सडक र हवाई द्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिने फाउन्डेसनले जनाएको छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा नहुने जनाईएको छ । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा फाउन्डेसनको छ । 

फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले व्रियसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको जनाइएको छ । 

अक्सिजन उत्पादन गर्ने युनिटले २०,००० भन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको सप्लाईले ठूलो फाइदा हुनेछ, १८,००० भन्दा बढी अस्पतालको बेडहरुले एक वर्ष सम्म नियमित अक्सिजनको सप्लाई पाउँनेछन् र ५,००० भन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ।

corrent noodles
Metro Mart

स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुने फाउन्डेसनले जनाएको छ।
 

प्रकाशित: Jun 04, 2021| 06:45 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्