बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै, नगरपालिका जमानी बस्यो

उपचार खर्च तिर्न नसक्दा शव अस्पतालमै, नगरपालिका जमानी बस्यो

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन।
 |  शुक्रबार, जेठ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २१, २०७८

पाल्पा- पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन। कोरोना संक्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म लुम्बिनी मेडिकल कलेज तानसेनले शव दिन नमानेपछि तानसेन नगरपालिकाले जमानी बसेर शव निकाल्ने वातावरण मिलाएको तर कसले कहाँ शव दाहसंस्कार गर्ने भन्ने टुङ्गो लाग्न भने सकेको छैन।

triton college

तानसेन नगरपालिका–९ डाँडाडुमका ५८ वर्षका पुरुषको बुधबार कोरोना संक्रमणका कारण ज्यान गएको हो। चार दिनदेखि कलेजमै उपचार गराइरहेका पुरुषको उपचार खर्च तिर्न नसकेपछि मृतकका ज्वाई गुहार माग्दै वडाकार्यालय पुगेका थिए।  वडा नम्बर ९ का वडाअध्यक्ष हरिहर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएकोले खर्च मिनाहा गरिदिन अनुरोधसहित सिफारिस दिएको बताए। 

बिरामीको उपचारका लागि एक लाख ७५ हजार खर्च भएको र त्यसमध्ये २० हजार धरौटी छ। मेडिकल कलेजले उपचार खर्च छुट गर्न नसकेको कुरा बिरामीका आफन्तलाई बताएपछि तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले अस्पतालसँग समन्वय गरी आफू जमानी बसेको बताए। नगरपालिकाले शव दिन अनुरोध गर्दै  बक्यौता रकमको लागि नगरपालिका जमानी रहेको बताएपछि शव दिन मेडिकल कलेज सहमत भएको हो।

'नगरपालिका जमानी बसेर लुम्बिनी मेडिकल कलेजले शव उठाउन भने पनि आफूहरूसँग शव लैजाने पैसा छैन', मृतकका ज्वाई राजु विकले भने, 'कोसँग गुहार माग्ने ससुराको जग्गा पनि छैन, पैसा पनि छैन, यस्तो अवस्थामा दाहसंस्कारसमेत कसरी गर्ने अलपत्र छौं।'

लुम्बिनी मेडिकल कलेज प्रभासका निर्देशक निर्दोष खनालले भने, 'बीस हजार मात्रै धरौटी लिएर बिचमा पैसा नमागी उपचार गरिरहेका हौं। अहिले शव अस्पतालमै छ, तर कहाँ र कसरी आर्थिक जोहो गरेर शव व्यवस्थापन गर्ने आफन्त अलपत्र अवस्थामा छन्।' रासस

corrent noodles
Metro Mart

प्रकाशित: Jun 04, 2021| 01:23 शुक्रबार, जेठ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।