सिन्धुपाल्चोक- श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङ श्रीमती हत्या आरोपमा पक्राउ परेका हुन्।
तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए।
प्रहरीले उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ। राममायाको शवलाई पोस्टमार्टमका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ।