शनिबार, वैशाख ८, २०८१

कोरोना प्रभावितलाई दूधपोखरी सेवा समाजको सहयोग 

दूधपोखरी सेवा समाजले लमजुङको दूधपोखरी गाउँपालिकाका कोरोना भाइरस प्रभावितलाई एन्टिजेन टेस्ट किट्स, विविध औषधि, अक्सिमिटर,  पीपीईका साथै अन्य स्वास्थ्य सामग्री सहयोग गरेको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं– दूधपोखरी सेवा समाजले लमजुङको दूधपोखरी गाउँपालिकाका कोरोना भाइरस प्रभावितलाई एन्टिजेन टेस्ट किट्स, विविध औषधि, अक्सिमिटर,  पीपीईका साथै अन्य स्वास्थ्य सामग्री सहयोग गरेको छ।

triton college

समाजले गाउँपालिकाका ६ वटै वडामा फैलिएको कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले पहिलो चरणमा स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएकाे समाजका उपाध्यक्ष सुजन न्यौपानेले जानकारी दिए। 

जिल्लाकै विकट उक्त गाउँपालिकामा समाजकै सक्रियतामा सप्ताह पुराण कार्यक्रममार्फत संकलित रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको छ। समाजका अध्यक्ष सराेज न्यौपानेले गाउँपालिकाभित्र स्वास्थ्य सामग्री वितरण र विपत्मा परेका बेला मानवीय सहयोग गरिँदै आएको बताए। उनका अनुसार समाजले काठमाडौंमा रोजगार गुमाएर बसेका श्रमिक र विद्यार्थीलाई गाउँ पठाउन सहयाेग गरेकाे छ भने बेलबेला रक्तदान लगायत थुप्रै सामाजिक कार्य गर्दै आएकाे छ। 

ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिल सदस्य कालिका न्यौपानेले महामारीमा समाजले खेलेको भूमिकाको प्रशंसा गर्दै अमेरिकादेखि भए पनि आफ्नो सहभागिता जनाउन पाएकोमा खुसी व्यक्त गरे। गाउँमा मल्टी कल्चरल सस्टेनेबल टुरिजम प्लान’ बनाउने अभियानमा रहेका उनी भन्छन्, ‘मिलेर कोभिड १९ पराजित गर्न सकौं र यही समाज तथा समाजका शुभचिन्तक अनि अन्य सरोकारवाला मिलेर यस क्षेत्रको प्राकृतिक वातावरणीय तथा सांस्कृतिक संरक्षण र आर्थिक विकासलाई पर्यटनसँग जोड्न हातेमलो गरौं।’

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको गाउँपालिका गुरुङ, तामाङ लगायतको बसोबास छ। दूधपोखरी सेवा समाज सो गाउँपालिका जन्मभूमि भई देशविदेशमा छरिएर रहेका नेपालीको साझा संस्था हो। मानवीय सहयाेग अभियानमा अमेरिका, जापान, अस्ट्रेलिया, सिंगापुर, खाडी मुलुक लगायत नेपालभित्रै रहेका शुभचिन्तकबाट स्वत:स्फुर्त रूपमा सहयोग आइरहेको समाजले जनाएकाे छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 03, 2021| 12:36 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।