शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आईसीयूमा १ हजार ४४४ र भेन्टिलेटरमा ३९८ संक्रमितको उपचार हुँदै

आईसीयूमा १ हजार ४४४ र भेन्टिलेटरमा ३९८ संक्रमितको उपचार हुँदै

हाल मुलुकभर १ हजार ४४४ जना कोरोना संक्रमितको गम्भीर अवस्थामा आईसीयूमा उपचार भइरहेको छ।
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

काठमाडौं- हाल मुलुकभर १ हजार ४४४ जना कोरोना संक्रमितको गम्भीर अवस्थामा आईसीयूमा उपचार भइरहेको छ।

triton college

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आईसीयूमा रहेकामध्ये ३९८ जनाको भेन्टिलेटरमा उपचारर भइरहेको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्। बागमती प्रदेशमा ७२६ जना संक्रमित आईसीयूमा उपचाररत छन्। 

उनीहरुमध्ये २५६ जना भेन्टिलेटरमा छन्। मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा २११ जना संक्रमित आईसीयूमा उपचाररत रहेकोमा ५७ जना भेन्टिलेटरमा, प्रदेश २ मा ११३ आईसीयूमा रहेकोमध्ये र २२ जना भेन्टिलेटरको सपोर्टमा उपचाररत छन्। 

गण्डकी प्रदेशमा १३९ जना आईसीयूमा उपचाररत रहेकोमा २३ जना भेन्टिलेटरको सपोर्टमा छन् भने लुम्बिनी प्रदेशमा १६९ जना आईसीयूमा उपचाररतमध्ये २५ जना भेन्टिलेटरमा छन्।

त्यस्तै कर्णालीमा ४६ जना आईसीयूमा उपचाररतमध्ये ५ जना भेन्टिलेटरको सपोर्टमा उपचाररत छन् भने सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयूमा रहेकामध्ये १० जनालाई भेन्टिलेटरको सपोर्टमा राख्नुपरेको मन्त्रालयको तथ्यांक छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 03, 2021| 11:45 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।