शुक्रबार, वैशाख ७, २०८१

विश्वकपभरि सरोज खनाल ‘क्याप्टेन’का कप्तान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नायक सरोज खनाल यतिबेला फुटबल खेलिरहेका छन् । विश्वकपको मुखैमा सुटिङ भइरहेको फिल्म ‘क्याप्टेन’मा पनि फुटबलकै कथा छ । कप्तानको भूमिकामा छन्, नायक खनाल । र, बलसँगै रमाइरहेका छन् । 

बिहानदेखि साँझसम्म उनी खेलाडीको ‘ड्रेस’ लगाउँछन् । भन्छन्, ‘मलाई त आफैंले विश्वकप खेलिरहेको छुजस्तो लागिरहेको छ ।’

१७ वर्ष अमेरिका बसेका उनी अहिले नेपाली फिल्म उद्योगमा निरन्तरता दिइरहेका छन् । फुटबल उनलाई मन पर्ने खेल हो । ब्राजिल र अर्जेन्टिनाका खेलाडीलाई उनको सपोर्ट छ । र, उनलाई ‘इन्डिभिजुअल’ अर्जेन्टिनाका खेलाडी मेस्सी मन पर्छन् । 

स्कुले जीवनमा पनि उनले फुटबल खेले । अहिले ‘क्याप्टेन’ले फेरि उनको बचपन फर्काइदिएको छ । संयोगले विश्वकपको समयमा ‘क्याप्टेन’ सुटिङ भइरहेको छ । दिनभरि सुटिङमा व्यस्त रहने खनाल दिनचर्या सुनाउँछन्, ‘दिनभरि सुटमा फुटबल खेल्ने, राति–राति वल्र्डकप हेर्ने ।’
 

खनाल दिनचर्या सुनाउँछन्, ‘दिनभरि सुटमा फुटबल खेल्ने, राति–राति वर्ल्डकप हेर्ने ।’


उनी सुटिङ युनिटसँगै बसेर विश्वकप हेर्ने योजनामा छन् । दिनभरि नेपालको खेलाडीका रूपमा थ्री–स्टार, मनाङ, एपीएफ, आर्मी क्लबजस्ता टिमहरूको टी–सर्ट लगाउँछन् । र, बेलुका-बेलुका विश्वकपका खेलाडीले लगाउने १० नम्बर लेखेको टी–सर्ट ।

फिल्म सुटिङकै लागि उनले फुटबल तालिम लिए । तीन महिनाको तालिमपछि उनी सुटिङमा गए । त्यहाँ उनले फुटबलका नीति–नियमहरू नजिकबाट बुझ्न पाए । खनाल भन्छन्, ‘बिर्सेका केही तौर–तरिका राति हेरेको विश्वकपले सम्झाउनेछ र थप सिक्न पनि पाउनेछु ।’

परम्परागत फुटबल खेल्ने खेलाडी किन माथि उठ्न सकेनन् ? फुटबल खेलेर एउटा खेलाडी बाँच्न सक्छ कि सक्दैन ? र, अहिलेका फुटबल खेल्ने युवाले खेलमै भविष्य बनाउन सक्छन् किन सक्दैनन् ? यस्तै कथा बुनिएको छ, ‘क्याप्टेन’मा । र, नायक खनाललाई पनि फुटबलको चस्का लागेको छ । उनलाई थप सरगर्मी विश्वकपले ल्याइदिएको छ । 

युवाले लगाउने टी–सर्टप्रति उनी गर्व गर्छन् । उनको पनि टी–सर्टप्रति गहिरो लगाव छ । टी–सर्टले नेपालमा पातलिँदै गएको खेल फुटबलको ‘क्रेज’ झल्काउने उनको तर्क छ । नेपालमा पनि खेलाडीहरूलाई हौसला बढ्ने बताउँदै भन्छन्, ‘खेलाडीलाई गरेको माया हो, यस किसिमको माया राज्यले बुझ्नुपर्छ ।’

नेपालमा पनि खेलको सम्भावना छ । अहिलेका युवा–युवती खेललाई बुझ्न सक्ने भएका छन् । खेल क्षेत्रमा पनि भविष्य छ भन्नेहरू लगाव र मेहनतका साथ खेलिरहेका छन् । खनाल भन्छन्, ‘विश्वकपले खेललाई कसरी माथि उठाउने भन्ने सोच्न बाध्य पार्छ ।’

विश्वकपले फिल्म ‘क्याप्टेन’को टिमलाई फुटबलमय बनाउन सक्ने देख्छन् । पहिलो चरणको खेलले उनी उत्सुक पनि छ । सकेसम्म उनी खेल कुनै पनि नछुटाउने बताउँछन् । 

बास्केटबल खेलाडी ‘माइकल जोर्डन’लाई प्रत्यक्ष देखेका छनु, खनालले । उनी खेलाडीप्रति साह्रै भावनात्मक छन् । आफ्नो श्रद्धा ब्राजिलका खेलाडीप्रति रहेको बताउँछन् । 

अमेरिकातिर हातले खेलिने खेलमा आकर्षण बढ्दो छ । फुटबललाई त्यहाँ ‘सकर’ भनिन्छ । नायक खनाल भन्छन्, ‘कला र खेलले नै राष्ट्रलाई चिनाउने हो तर हाम्रो राज्य यसमा मौन छ ।’

हरेक देशको भाषा हुन्छ । कला र संस्कृति हुन्छन् अनि खेल पनि । नेपाली खेलाडीहरू प्रतिभाशाली छन् । जति प्रदर्शन नेपाली खेलाडीले गरेका छन्, ती आफ्नै मिहिनेतको परिणाम ठान्छन्, खनाल । उनको गुनासो छ, ‘राज्यले खेललाई थप टेवा दिने हो भने नेपाली खेलाडी खाडी मुलुकतिर पस्नुपर्दैनथ्यो ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।