बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • माओवादीबाट निर्वाचित अध्यक्षलाई गाउँपालिकामा प्रतिबन्ध

माओवादीबाट निर्वाचित अध्यक्षलाई गाउँपालिकामा प्रतिबन्ध

नेकपाको विघटनपछि डोल्पाको मुड्केचुला गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिबीच विवाद् बढेको छ। जनप्रतिनिधिबीच विवादमा कर्मचारीका (हाकिम) प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठसमेत मुछिएका छन्। 
 |  बिहीबार, जेठ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २०, २०७८

सुर्खेत- नेकपाको विघटनपछि डोल्पाको मुड्केचुला गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिबीच विवाद् बढेको छ। जनप्रतिनिधिबीच विवादमा कर्मचारीका (हाकिम) प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठसमेत मुछिएका छन्। 

triton college

उनले एमालेका जनप्रतिनिधिहरूलाई सघाएपछि माओवादीबाट निर्वाचित अध्यक्ष दत्तबहादुर शाहीलाई गाउँपालिकामा प्रतिबन्धमा परेका छन्। ‘एक महिनादेखि गाउँपालिकाको कार्यालयसमेत जान पाएको छैन,’ अध्यक्ष शाहीले नेपालसमयसँग भने, ‘एक महिनादेखि कार्यालयमा पनि जान दिएका छैनन्, मलाई गाउँपालिकामा प्रतिबन्ध नै लगाइएका छन्।’ हाकिमले एमालेका जनप्रतिनिधिसँग मिलेर आफ्ना सबै काम तथा योजनाहरू रोकिदिएको उनको आरोप छ। 

‘गाउपालिकामा म अल्पमतमा छु, हाकिमले एमालेले जे–जे भन्छ, त्यही गर्छन्,’ उनले भने, ‘माओवादीलाई समर्थन गर्ने कर्मचारी पनि हटाउने प्रयास भइरहेको छ, हाकिम र एमाले मिलेर मलाई सबै ठाउँमा प्रतिबन्ध लगाइरहेका छन्।’

एमालेले हाकिमको सुरक्षाका लागि १० जना कार्यकर्ता खटाएको र आफूलाई गाउँपालिकाको कामकाजमा प्रतिबन्ध लगाएको अध्यक्ष शाहीले बताए। एमालेबाट निर्वाचित उपाध्यक्ष सविताकुमारी रोकायाको कमाण्डमा वडा नम्बर ४ का वडाध्यक्ष जगबहादुर बुढा, उपाध्यक्षका श्रीमान लंकमान बुढा, लोकेन्द्रबहादुर शाही, लालमन बिक, अमरबहादुर शाही, राजबहादुर शाहीलगायत १० जना एमालेका कार्यकर्ताहरू हाकिको सुरक्षार्थमा खटिएको उनको आरोप छ।

प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने अध्यक्षले लगायका आरोप निराधार भएको बताउँछन्। ‘म राजनीति गर्न आएको होइन, कर्मचारी भएर काम गर्न आएको हुँ’, श्रेष्ठले भने, ‘बहुमत पक्षको निर्णय मान्दा एमालेको काम गरेको जस्तो देखिएको हो।’ गाउँपालिका अध्यक्षले गरेका गैर कानूनी र अबैध निर्णयलाई नमान्ने उनको दाबी छ। 

corrent noodles
Metro Mart

‘अध्यक्षले धेरै अबैध काम गरेका छन्, कार्यकर्तालाई अस्थायी कर्मचारी राखेका छन्,’ उनले भने, ‘गैर कानूनी काम मान्दिन, असारपछि अध्यक्षले राखेका सबै कर्मचारी हटाइ दिन्छु।’ आफूले सुरक्षागार्ड नराखेको बरु अध्यक्षले राखेका अस्थायी कर्मचारीबाट असुरक्षित रहेको उनको दाबी छ। ‘एक महिना अघि कर्मचारीले नै कुट्ने पर्यास गरे, कुर्चीहरू भाँचे,’ उनले भने, ‘असुरक्षित भएपछि इकाला प्रहरी कार्यालय नजिकै डेरा लिएको छु।’ असुरक्षित सरुवा माग्नु भएन भन्ने प्रश्नमा उनले आफू जनताको सेवा गर्न आएको भन्दै तत्काल सरुवा नमागेको बताए। 

यद्यपी एमालेकै जनप्रतिनिधिले बोलाएर गाउँपालिकामा आएको उनले स्वीकारोक्ति छ। ‘यसअघि म काठमाडौं थिए, दुई महिनाअघि मात्रै यहाँ आएको हुँ,’ श्रेष्ठले भने, ‘बोलाउने जनप्रतिधिहरू एमालेका पर्नु भएछ।’ गाउँपालिकामा रहदासम्म आफू बहुमतको निर्णय मान्ने र कानुन अनुसार काम गर्ने उनको भनाई छ।

गाउँपालिकामा माओवादी र एमालेका जनप्रतिनिधि मात्र छन्। १८ सदस्यीय कार्यपालिकामा एमालेमा १२ र माओवादीका ५ जना जनप्रतिनिधि छन्। त्यस्तै गाउँपालिकामा एमालेबाट २५ सदस्य र माओवादीबाट १९ जना जनप्रतिनिधिहरू छन्। मुड्केचुलामा केही दिनयता सामाजिक सुरक्षा भक्ता वितरणको विषयलाई लिएर अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद बढेको छ। 

त्यहाँ ४–४ महिनामा वितरण गर्नुपर्ने सामाजिक सुरक्षाभक्ता वर्ष दिनदेखि वितरण गरिएको छैन। अध्यक्षले सबैलाई पुग्ने बजेट नभएका कारण यसअघि सुरक्षा भक्ता वितरण गर्न नसकिएको बताएका छन् भने प्रमुख प्रशासकीय अधिकृतले भक्ता गलत मनसायले वितरण नगरेको आरोप लगाउँछन्। अधिकृत श्रेष्ठले अब कोरोना संक्रमणको अवस्था सहज भएलगत्तै सामाजिक सुरक्षा भक्ता वितरण हुने बताए।

प्रकाशित: Jun 03, 2021| 03:31 बिहीबार, जेठ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।